आरआरमा मतदान प्रक्रिया जारि,करिब ९०० जनाले मतदान गरे

अहिले अवस्था शान्तिपूर्ण

काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पसमा आज विहानदेखि स्ववियु निर्वाचन सुरु भैरहेकोे छ । अहिलेसम्म करिब ९०० जनाले मतदान गरेको निर्वाचन आयुक्त हरि पराजुलीे बताएका छन ।

निर्वाचन आयुक्त पराजुलीले हरपल नेपालसंग कुरा गर्दै भने–‘ अहिलेसम्म करिब ३० पतिशत अथवा ९०० जना विद्यार्थीहरुले मतदान गरिसकेको छन ।’

आयुक्त पराजुलीका अनुसार बाँकी विद्यार्थीहरु आउने क्रम जारि रहेको र निर्वाचन आज बेलुका करिब ५ बजेसम्म चल्ने उनले बताए । बाकी विद्यार्थीहरु अहिले नेपाल ल क्याम्पसको गेट भन्दा अगाडि सयौँको संख्यामा लाइनमा बसेका छन ।

अहिले सुरक्षा ब्यास्था कडा रहेको छ, सुरक्षाकर्मीले मतदाता परिचयपत्र हेरेर मात्र विद्यार्थीलाई क्याम्पस भित्र प्रवेश गर्न दिएको छ स

केहि समय अगाडी विभिन्न विद्यार्थी संगठनहरुले विरोध गरेपनि अहिले सबै अवस्था शान्तिपूर्ण भएको क्याम्पस प्रमूख निर्मला कुमारी सुवालले हरपल नेपालसंग बताइन ।