आर‍‍आरको स्ववियु चुनावमा झडप, निर्वाचन प्रक्रिया जारी

केहि संगठनद्धारा विरोध प्रदर्शन

काठमडौं । स्ववियु चुनावका क्रममा आरआर क्याम्पसमा चुनावको विपक्षमा रहेका विद्यार्थी संगठनले विथोल्ने खोजेपछि विद्यार्थी संगठनबीच झडप भएको छ ।

अखिल क्रान्तिकारी, लगायतका विद्यार्थी संगठनले स्थानिय चुनावको आचार संहिता विपरित चुनाव गर्न खोजीएको भन्दै विरोध गरिरहेका छन् ।

झडपको अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी मतदान प्रक्रियामा भाग नलिने भएको छ । क्रान्तिकारीले विधि र प्रक्रिया नपुगेको तथा परिक्षाकै बीचमा निर्बाचन गराएको भन्दै विरोध जनाएको छ ।

विधि र प्रक्रिया नपुगेको तथा एकलौटी निर्बाचन गराउन खोजिएको भनेर विरोध जनाइरहेको नेवि संघले आइतबार मनोनयन दर्ताको लागि तोकिएको समयभित्र गएर आफ्नो तर्फबाट १२ जनाको उम्मेदवारी दर्ता गराएसँगै निर्बाचनको माहोल बनेको हो निर्बाचनमा अनेरास्ववियुबाट टपेन्द्रबहादुर शाही, नेविसंघबाट उत्तम साउदको समूह चुनावी मैदानमा छ ।

क्रान्तिकारीबाट ध्रुवराज वाग्लेको समूह चुनावी मैदानमा भए पनि मतदान प्रक्रियामा सामेल नहुँने भन्दै भद्र आन्दोलनमा छ । त्यस्तै नयाँ शक्ति पार्टी, वैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन संयुक्त प्यानल बनाएर अरबन्द्रि भट्टराईको नेतृत्वमा मैदानमा छ ।

क्रान्तिकारीले विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनको मिलेमतोमा क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुलाई उम्मेदवार मनोनयन दर्ता गर्नसमेत नदिइएको, यसै अवधिमा स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको, क्याम्पसमा विभिन्न तहको भर्ना जारी रहेको, फर्जी भर्नालाई वैधानिकता दिने अभिप्रायले क्याम्पसमा भएको आगजनीको घटनाको कुनै छानविनसमेत नगरेको आरोप लगाएको छ।