बैद्य माअ‍ेवादीका अछाम/बाजुरा ईञ्चार्ज सहितका नेता माओवादी केन्द्रमा प्रवेश

भन्छन–फुटेका माओवादी एक हुनुपर्छ

अछाम । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेताहरुले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन । एक कार्यक्रमबीच उक्त पार्टीका केन्द्रिय सदस्य तथा अछाम/बाजुरा ईञ्चार्ज सहित जिल्ला स्तरका नेताहरु माअमोवादी केन्द्रमा प्रवेश गरेका हुन ।

हिजो नेकपा माओवादी केन्द्रद्धारा आयोजित एक कार्यक्रमा बैद्य माओवादीबाट आएका नेताहरुलाई सम्मान सहित माओवादी केन्द्रमा प्रवेश गराइएको  छ । उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तपेन्द्र भण्डारी (बरुण),अछाम जिल्ला सचिव खडक सिंह भण्डारी लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

स्थानिय चुनावको तयारीमा अत्तरियामा आयोजित नेकपा माओवादी केन्द्र प्रदेश नम्वर ७ को बिस्तारित बैठकमा पार्टीका प्रदेश ईञ्चार्ज लेखराज भट्टले बैद्य माओवादीबाट आएका ति नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता तपेन्द्र भण्डारीले फुट र विभाजनबाट माओवादी आन्दोलनका मुद्धाहरु कमजोर भएको भन्दै हिजोसँगै लडेका र क्रान्ति गरेका सबै माओवादीहरु एक जुट हुनुपर्ने अवस्था आएकाले आफुहरु माअ‍ेवादी केन्द्रमा प्रवेश गरेको बताएका थिए ।

भण्डारी माओवादीका पुरानो पुस्ताका नेतामा गनिन्छन । उनी सुदूरपश्चिमको माओवादी आन्दोलनका शसक्त योद्धाको रुपमा जनयुद्धकाल देखी नै सक्रिय नेता हुन ।

नेकपा माओवादी केन्द्रका अछाम जिल्ला संयोजक झपट साउदका अनुसार बैद्यका केन्द्रिय सदस्य तथा अछाम÷बाजुरा ईञ्चार्ज सहित पुरै अछाम जिल्ला कमिटी माओवादी केन्द्रमा समाहित भएको र त्यसले माओवादी नेता कार्यकर्तामा उत्साह थपिएको बताए ।

उता पार्टीको केन्द्रीय समितिको बैठकमा बेस्त रहेका बैद्य नेताहरुले त्यो विषयलाई अतिरञ्जीत ढंगले प्रचार गरिएको बताएका छन । एकाध ब्यक्तिहरु पार्टीमा आउने जाने क्रम चलिरहने भन्दै पार्टी निति विपरित गतिविधिमा लागेकाहरु बाहिरीदा पार्टीको सद्धिकरण हुने उनीहरुको भनाइ रहेको छ ।

बैद्य माओवादीका प्रवक्ता हरीभक्त कडेंल प्रतिकले सुदुरपश्चिमका आम जनताहरु अझैपनि आफुहरुसँग रहेको भन्दै सिंगो माओवादी नै प्रचण्ड माओवादीमा गयो भनेर गरिएको प्रचार सत्य नभएको बताएका छन ।

देशमा निर्वाचनको वातावरण निमार्ण भएसँगै बैद्य माओवादीबाट पार्टी छाड्ने क्रम बढेपछि बैद्यको जारी केन्द्रीय समितिको बैठकले पार्टिलाई निर्वाचनसँग जोड्ने निति अघि सारेको देखिएको छ । बैद्य माआमेवादीले पनि मोर्चाको नाममा निर्वाचनमा भागलिने निष्कर्ष निकालेको बताइएको छ ।