निर्वाचनको वातावरण बनेको निष्कर्षसहित बैद्य माओवादी निर्वाचनमा जाने

‘निर्वाचनलाई छोड्न सकिन्न,सहभागी होऔंः बैद्यको प्रताव’

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीले पनि स्थानीय निकायको निर्वाचनमा भागलिने जनाएको छ । माओवादीको काठमाडौंमा सञ्चालित केन्द्रीय समितिको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो ।

तस्बिरः अध्यक्ष किरणसँग हरपल नेपालले गरेको संवाद ।

काठमार्डौमा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा बोल्दै अध्यक्ष वैद्यले अहिलेको अवस्थामा स्थानीय तह नैस्थानीय सरकार भएकाले निर्वाचनलाई छाड्न नसकिने भन्दै पार्टीलाई जसरीपनि निर्वाचनसँग जोड्नुपर्ने बताएका छन ।

देशमा निर्वाचनको वातावरण बन्दै गएको र पार्टीलाई निर्वाचनसँग नजोडेमा अझ कमजोर हुनसक्ने निष्कर्ष सहित बैद्य माओवादी स्थानीय निकायको निर्वाचनमा भाग लिने निर्णयमा पुगेको एक नेताले हरपल नेपालसँग बताएका छन ।

यसअघि हरपल नेपालसँगको संवाद कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका अध्यक्ष किरणले आफुहरु निर्वाचनमा नजाने र निर्वाचबाट जनताका समस्याहरु समाधान नहुने बताएका थिए । उनले आफ्नो पार्टी चुनावमुखि नभएको तर्क गर्दै अहिले निर्वाचको कुनै आवश्यकता र अर्थ नभएको बताएका थिए ।

स्थानीय निकायमा भाग लिनका लागि वैद्य माओवादीले निर्वाचन आयोगसँग छलफल गरेर मोर्चाको नामबाट पार्टीसँग मिल्ने एउटै चुनाव चिह्न प्रदान गर्न माग गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोगबाट चुनाव चिह्न नपाएको खण्डमा स्वतन्त्र रुपमा भए पनि स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने अन्तीम निष्कर्षमा पुगेको बैद्य निकटका नेताहरुले बताएका छन । माओवादीले पार्टीको नामबाट नभइ देशभक्त जनप्रगतिशिल मोर्चाको नामबाट निर्वाचनमा भागलिने भएको छ ।

यसअघि बैद्यले हरपल नेपालसँग गरेको कुराकानी सहितको समाचार हेर्न यो लिंक पनि हेर्नुस….(www.harpalnepal.com/2017/03/2756/)