कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा आज पनि बस्दैछ । बैठकमा प्रस्तुत प्रस्ताव र मुलुकको समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नेक्रम आज पनि नसकिएपछि छलफल जारी रहेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा हिजो २ दर्जनभन्दा बढी सदस्यहरुले आफ्नो धारणा राखेको र आजबाट बाँकी सदस्यले राख्ने कांग्रेसले जनाएको छ ।

आइतबारदेखि सुरु भएको बैठकले यसअघि सभापति देउवाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरिसकेको छ भने पार्टीका ४२ वटा केन्द्रीय विभाग कायम गर्ने निर्णय गरेको थियो ।बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नलागेको पार्टी सचिवालयले जनाएको छ ।