आरआर क्याम्पसमा स्ववियु चुनाव आज हुँदै

काठमाडौं । फागुन २३ गते स्थगित भएको काठमाण्डुको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ ।

बिहान ८ देखि साँझ ५ बजेसम्म अन्तिम नामावलीमा प्रकाशित भएका मतदातालाई मतदानमा सहभागी हुन अनुरोधसमेत गरेको छ । ८ बजेबाट नै मतदान हुने भनिएपनि सुरु भने साढे ८ बजेसम्म भइसकेको छैन ।

सर्वोच्च अदालतले चैत २ गते सो क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा आज अन्तरिम आदेश जारी गरेपछि आरआरमा निर्वाचन हुन लागेको क्याम्पस प्रमूख निर्मला कुमारी सुवालले हरपल नेपाललाई बताएकी हुन ।

सुवालका अनुसार क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले गत फागुन २३ गते रिट निवेदन दायर गरेका थिए ।

विद्यार्थी मतदान गर्न लाइनमा बसे पनि स्थानीय प्रशासनले स्थानीय निर्वाचन आचारसंहिता लागेको जनाउँदै निर्वाचन स्थगन गरिएको थियो ।

एमाले भ्रातृसंगठन अनेरास्ववियुका तपेन्द्रबहादुर शाही र कांग्रेस नेविसंघका उत्तम साउद प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् ।