भारतीय सेनाध्यक्ष रावतलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिने

काठमाडौं । भारतीय सेनाध्यक्ष विपीन रावतलाई राष्ट्रपति भवन शीत्तल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । चारदिने भ्रमणका लागि मङ्गलबार सेनाध्यक्ष रावत नेपालआउने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, समकक्षी नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग
उनी भेटवार्ता गर्नेछन् ।

भारतीय सेनाध्यक्षले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरास्थित भारतीय सैनिकको पेन्सन क्याम्पको समेत भ्रमण गर्नेछन् ।

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी तथा नेपाली सेनाका नवनियुक्त प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।