नयाँ शक्तिका निर्मल भट्टराई सहित चार केन्द्रीय नेता पार्टीबाट निष्कासित

चैत १५ र १६ गते केन्द्रीय परिषद्को बैठक बस्दै

काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपालले पार्टी विपरित गतिविधिमा लागेको भन्दै आफ्ना चार जना केन्द्रीय परिषद् सदस्यहरुलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।

नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता खिमलाल देवकोटाले हरपल नेपालसँग कुरा गर्दै पार्टीको आज सम्पन्न विशेष राजनीतिक समितिले निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टीबाट निष्कासन गरेको बताए ।

प्रवक्ता देवकोटका अनुसार पार्टी हित र स्वीकृत मूल्य(मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भै गम्भीर गल्ती गरेको र पार्टीले सोधेको स्पष्टीकरण समेत दिन इन्कार गरेको कारणले विशेष राजनीतिक समितिको बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

देवकाटाले नयाँ शक्ति पार्टीको अन्तरिम केन्द्रीय परिषद्को बैठक चैत १५ र १६ गते दुई दिन काठमाडौंमा बस्ने जनाएको छन।

उक्त बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना तयार गर्नुका साथै पार्टीको आन्तरिक कार्यदिशाको सन्दर्भमा निश्चित योजना निर्माण गर्ने बताइएको छ ।