कांग्रेसको बैठकमा देउवाले अघि सारे यस्ता नौ एजेन्डा

सिंगो पार्टी एक भएर निर्वाचनमा होमिन निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको हिजो सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी सभापति सेर बहादुर देउवाले ब्रतमान राजनितीक परिस्तीमा पार्टीलाई गतिसिल बनाउनकालागि आफ्ना नौवटा एजेन्डा प्रस्तुत गरेका छन ।

सभापति देउवाले पार्टी भित्रको गुटउपगुटको अन्त गरि स्थानिय निकायको निर्वाचनमा सिंगो पार्टी एक भएर होमिन निर्देशन दिदै त्यस्तो बताएका हुन ।

कांग्रेस केन्द्रीय सदस्य एनपी साउदका अनुसार तिनै नौ एजेन्डामा केन्द्रित रहेर सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

देउवाले कार्यसम्पादन समिति गठन, ४२ विभाग गठन, स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी समिति गठन, स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन, गाउँपालिका र नगरपालिकाअनुसार पार्टीको सांगठनिक संरचना कसरी निर्माण गर्ने, स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवार चयनको मापदण्ड निर्माण, एकमहिने गाउँ अभियान लगाएतका बिषयलाई आफुनो ऐजेन्डामा प्रस्तुत गरेरका छन ।

देउवाले अभियान सञ्चालनका क्रममा जिल्ला जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिबाट प्रतिवेदन पेस गर्न दिने, पार्टीको साधारण सदस्यता, क्रियाशील सदस्यता लगायत सम्बन्धित विषयमा आवश्यक संशोधन र परिमार्जन गरी प्रंकाशित गर्ने सम्बन्धमा र विविध गरी नौ एजेन्डा राखेका थिए ।