प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै छन । प्रधानमन्त्री दाहालले सिसँगको १५ मिनेटको छोटो भेटमा महत्वपूर्ण ७ एजेण्डाहरु तय गरेका छन्।

प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार उनले तय गरेका ७ एजेण्डाहरु चीनीयाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा दिने, दोस्रोमा नेपाल–चीनवीच भएका सन्धि–सम्झौता समिक्षा गर्ने, तेस्रोमा उत्तरी नाकाहरु सञ्चालन गर्ने र नयाँ नाकाहरु खोल्नेबारे प्रस्ताव राख्ने रहेका छन्।

त्यस्तै चौथो एजेण्डामा रेलमार्ग कुरा गर्ने, पाँचौमा इकोनोमिक जोनबारे कुरा गर्ने, छैटौंमा हाईड्रोपावर र ओबीआरबारे छलफल गर्ने र सातौंमा नेपालको चुनाव, शान्ति प्रक्रिया, राजनीतिक घट्नाक्रमका बारेमा द्धिपक्षीय कुराकानी गर्ने रहेको छ।

भेटमा नेपाल र चीनबीच यसअघि भएका सम्झौता कार्यान्वयन, नेपालले चाहेको सहयोग, चीनको प्राथमिकता लगायतका विषयमा छलफल हुनेछ ।