शहीदहरुको सम्झनामा देशव्यापी दीप प्रज्जवलन कार्यक्रम

न्यायिक छानबीन र दोषि प्रहरीमाथि कारबाहीको माग

नेपालगञ्ज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको  विरोध प्रदर्शनमा सप्तरी , नेपालगञ्ज लगाएका स्थानमा प्रहरीसंगको झडपबाट ज्याज गुमाएका शहीदहरुको सम्मान र सम्झनामा देशव्यापी रुपमा दीप प्रज्जवलन कार्यक्रम गरिएको छ ।

नेपालगञ्जको शहीद कमल मधेशी चौकमा मधेश आन्दोलनका दिवंगत शदीदहरुको आत्माको शान्ति, ज्यान गुमाएकालाई शहीद घोषणा, मृतक परिवारलाई उचित क्षतिपूर्ति, न्यायिक छानबीन र दोषि प्रहरीमाथि कारबाहीको माग गर्दै आइतबार साँझ देशव्यापी रुपमा मैनबत्ती बालेर दीप प्रज्जलन गरिएको हो ।

श्रद्धाञ्जली सभा सम्वोधन गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक विजय गुप्तले सप्तरीको मलेठमा गत फागनु २३ पाँच जना प्रहरीको गोली लागेर मुत्यु भएकाहरुको पुण्यतिथिमा आइतवार शोकसभा गरेको बताए ।

शान्तिपूर्ण संघर्षका क्रममा सरकारले निहत्था मधेशी जनतामाथि गोली चलाएर हत्या गर्ने कार्यलाई उनले कायरताको संज्ञा दिए । ‘शान्तिपूर्ण एवम् अहिंसात्मक आन्दोलनमा राज्यले दमन गरेर निहत्था जनताको हत्या गर्दै आएको छ, महात्मा गान्धी, गौतम बुद्ध, जनकको अहिंसात्मक मार्गलाई आत्मसात गरेर अगाडि बढि रहेका छौं’ ।

उक्त कार्यक्रममा सद्भावना पार्टी केन्दिय सदस्य रामकुमार दिक्षितले भने–‘ राज्य पुनर्संरचनाको मुद्दालाई कुनै पनि हालतमा थाती राख्न वा छोड्न नमिल्ने बताउँदै उनले संविधान संशोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका केन्दिय सदस्य पशुपतिदयाल मिश्रले भने सप्तरीको मलेठमा भएको घटना मानव अधिकारको घोर उल्लंघनको नमूना भएको भन्दै दोषीलाई कडा कार्वाही हुनुपर्नेमा जोड दिए । आफूहरुको माग सम्वोधन बिना मधेशमा कुनै निर्वाचन नहुने र यसकालागी जनतालाई तयार रहन आग्रह गरे ।

सद्भावना पार्टीका नेता मुन्वार अलि हल्लवाईले भने मधेश विरोधी पार्टीको रुपमा नेकपा एमाले प्रस्तुत भएको भन्दै उक्त पार्टीमा लागेका नेता तथा समर्थकहरुलाई जनताले स्थानीय स्तरबाटै सामाजिक वहिष्कार गर्नुपर्नेमा जोड दिए । मधेशी जनताको टाउका र छातीमा गोली हान्न लगाउने पार्टीको रुपमा एमालेलाई परिभाषित गर्दै उनले एमालेमुक्त मधेश निर्माणमा जुट्न आह्वान गरे ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष गिराज पाठकले भने पहिला जनताले बिना हातहतियार स्थानीय स्तरबाट शान्तिपूर्ण हात उठ्नु जरुरी छ । मधेशी जनता कमजोर नरहेको भन्दै राज्य र सरकारको निती र रवैयालाई हेरेर आवश्यकता अनुसार मधेशी जनताले त्यसको जवाफ दिन बाध्य हुने अध्यक्ष पाठकले बताए ।

संघीय समाजवादी फोरम नेपालका बाँके अध्यक्ष कमरुदीन राईले भने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामाथि शंका नगर्न भन्दै अधिकारप्राप्ति नभएसम्म आन्दोलन जारी रहने बताए । सम्पूर्ण मधेशवादी दलहरु एकतावद्ध संघीयता विरोधी पार्टी विरुद्ध सशक्त रुपमा प्रस्तुत आफूहको जीत सुनिश्चित हुने उनले विश्वास व्यक्त गरे ।

संघीय समाजवादी फोरम नेपालका बाँक कौशल कुमार मिश्रले भने वर्तमान सरकार सामन्तवादी सोचबाट ग्रसित रहेको भन्दै मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम लगायतका सिमान्तकृत वर्गलाई अधिकार दिन नचाहेको प्रष्ट पारे ।

प्रमुख तीन दलले मधेशमाथि ‘फूट डालो और राज करो’को सिद्धान्त तहत मधेशीलाई फुटाउन चाहिरहेकोले त्यस्ता पार्टीहरुको झुटो एवम् भ्रमपूर्ण कुरामा विश्वास नगर्न नेता कौशलले आग्रह गरे ।

नेपालगञ्जमा आइतबार आयोजित श्रद्धाञ्जली सभामा मोर्चाका घटक संघीय समाजवादी फोरम नेपालका बाँके नेतृ मम्मत बनिर्या , सद्भावना पार्टीका बाँके नेता सुरेश बार्म तराई मधेश लोकतान्त्रिक पार्टीका राजकिशोर मिश्र लागयत १०० जान सहभागी भएको त्याहाँबाट आशिश गुप्ताले बताएका छन  ।