स्थानीय तहको निर्वाचनमा एमालेलाई कसैले रोक्न सक्दैनः अध्यक्ष ओली

नीति, विचार र सिद्धान्त ठीक भएको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरेएका छन्।

अध्यक्ष ओलीले आईतबार पार्टी मुख्यालय धुम्बाराहीमा मनोनयनमा परेका केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रममा त्यस्तो बताएका हुन्।

उनले भने, ‘दुई नम्बर प्रदेशमा राजनीतिको नाममा क्रिमिनलहरु सक्रिय छन् । उनीहरु देशलाई समृद्ध हुन दिदैनन्, लोकतान्त्रिक प्रक्रियामा सभा तथा भेला गर्न दिँदैनन् ।’

उनले अपराधिक मानसिकता बोकेकैहरुले विगतमा गौर र सप्तरी जस्ता हत्याकाण्ड गराएको दाबी गरे । उनले एमालेको नीति, विचार र सिद्धान्त ठीक भएको बताए ।