तपाई दुबईमा हुनुहुन्छ ? हो भने,यी कुरा नछुटाई पढ्नुस्

दुबईको कानुनबारे बुझिराख्नस्-के गर्न पाइन्छ,के पाइदैँन

युएई । दुबईमा बार र नाइटक्लब बाहेक सार्वजनिक स्थानमा संगीत बजाउन र डान्स गर्न प्रतिबन्ध लगाएको छ । युएईको मु्ख्य सहर आबुधावमा एक जोडीलाई विवाह भन्दा पहिला नै यौन सम्पर्क गरेको अभियोगमा जेल सजाय सुनाएको छ । दुबइको कानुन अनुसार विवाह पूर्व यौन सम्पर्क गैर कानुनी हुन्छ ।

दुबईमा सहरिया कानुन लागु गरिएको छ,। कानुन अनुसार चारजना प्रत्यक्षदर्शी नहुने हो भने बलात्कार गरेको प्रमाणित हुदैँन । यसतो अवस्थामा महिलाले कसैलाई आफुमाथि बलात्कार गरेको आरोप लगाइन भने प्रमाण नपुगेसम्म उनैलाई पका्रउ गरिन्छ ।

अमेरिका र बेलाएतजस्ता मुलुुकका विदेश मन्त्रालयका अनुसार दुबईमा विपरित यौन सम्पर्ककालागि एकसाथ होटलको कोठा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

दुबईमा २०१२ मा साइबर क्राइमलाई लिएर कडा कानुन पारित गरिएको छ । सो कानुन पारित भएपछि सामाजिक संजाल प्रयोगकर्तालाई सहज रहन आग्रह गरिएको छ । सो कानुन पालना नगरेको भन्दै २०१३ मा एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।

२०१३ मा नर्बेकी मार्ते देबोराहसँग यस्तै भएको थियो । बिजनेश ट्रिपमा उनका साथिले उनीमाथि बलात्कार गरेका थिए । आफु बलात्कृत भएको खबर प्रहरीलाई गरेकी देबोराहले प्रमाण पुर्याउन नसक्दा १६ महिनासम्म जेल जिवन बिताउनु परेको थियो ।

बेलाएको फनेर अथोरिटीले दुबईस्थित बेलायती पर्यटकलाई सार्बजानिक स्थानमा अकंमाल र किस नगर्न सुझाव दिएको थियो ।

दुबईमा लागु औषधको प्रयोग गैर कानुनी हो । लागु पदार्थको आरोपमा प्रक्राउ परेपछि ४ वर्षदेखि १५ वर्षसम्मको जेल सजाए हुन सक्छ । दुबई जाने पर्यटकलाई फरेन अफिसबाट आफुसँग कुनै औषधि छ भने डाक्टरले दिएको प्रिस्क्रिम्पन पनि साथै राख्न सुझाव दिइन्छ ।

दुबईमा सार्बजानिक स्थानमा अनुमति बिना कुनै पनि महिलाको फोटो खिच्नु अपराध मानिन्छ ।सरया कानुनका अनुसार यस्तो गर्न धार्मिक विश्वासमाथिको अपमानका रुपमा लिइन्छ । यसो गर्दा ठुलो मात्रामा जरिवाना र जेल पनि बिताउनु पर्ने हुनसक्छ ।

युएईको दुबई सहर आबुधाबी भन्दा चर्चित ट्राभल डेस्टिनेशन हो । यहाँ विश्वभरमा मानिसहरु घुम्न आउँछन । तपाइँहरुलाई दुबईको कानुनका विषयमा विविध जानकारी दिएका छौ । तपाइहरुले आफ्नो दुबई बसाई अवधीभरी यस्ता कुरामा ध्यान दिनुभएको खण्डमा तपाईमाथि त्यस्ता घटना नहुने विश्वास गर्न सकिन्छ ।

विदेशमा जाने धेरै नेपालीले यस्ता विषयमा जानकारी नपाउँदा विभिन्न समस्याहरु भोग्नु परेको हुन्छ । धरैले त्यहाँको नियम कानुनमको बारेमा जानकारी नपाएका कारण अन्जानमै अपराध गरेको देखिन्छ र जेल सजाय समेत भोग्नु परेको घटनाहरु समेत सावजनिक भएका छन । (एजेन्सीबाट)