प्रतिवन्धित भारतीय नोट साट्ने विषयमा दुई देशका अधिकारीबीच बैठक सुरु

साढे ३ करोड प्रतिवन्धित भारतीय नोट साट्न बाँकी रहेको राष्ट्र बैकको भनाई

काठमाडौं । नेपाल र भारतका अधिकारीहरुबीच आज काठमाण्डुमा प्रतिबन्धित एक हजार र पाँच सयका भारतीय नोट साट्ने विषयमा बैठक सुरु भएको छ ।

भारतीय नोटहरु प्रतिबन्धित भएपछि नेपालमा जम्मा भएका नोटहरु साट्न समस्या भएको भन्दै नेपाली अधिकारीहरु दिल्ली पुगेर भारतीय अधिकारीसँग सटहीबारे छलफल गरेपछि उक्त विषयमा समाधान खोज्न बैठक हुन लागेको हो ।

राष्ट्र बैँकको सटही समस्या सुल्झाउन सहज र विश्वसनीय उपाय खोज्नमा उक्त बैठक केन्द्रित रहने बताइएको छ । व्यवसायी र सर्वसाधाणसँग बाहेक नेपालका बैँकमा मात्रै साढे ३ करोड जति त्यस्ता नोट रहेको राष्ट्र बैकले बताएको छ ।

भारत सरकारले गत नोभेम्बर ८ तारिखमा एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाएपछि आफ्ना नागरिकलाई ती नोट साट्न डिसेम्बर अन्त्यसम्म समय दिएपनि नेपालमा जम्मा भ्र्रएका भारतीय नोटहरु अझै साट्न सकीएको छैन ।