प्रधानमन्त्री प्रचण्डले आज चीनीया उपप्रधानमन्त्री वाङ याङसँग भेटवार्ता गर्ने

भोली राष्ट्रपति सी जिनपिङसँग भेट्ने कार्यक्रम तय

काठमाडौं । साताब्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चीनका उपप्रधानमन्त्री वाङ याङसँग भेट्ने भएका छन । प्रचण्डले भोली चीनीया राष्ट्रपति सी जिनपिङसँग भेट्ने कार्यक्रम समेत तय भएको छ ।

चीनको हाइनान प्रान्तमा बोआओ मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गरे पछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पुगेको हो ।

आज उनले चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम र अवलोकन कार्यक्रम छ । प्रधानमन्त्रीले बेइजिङमा रहँदा एक टेलिभिजनलाई अन्तर्वार्ता पनि दिनेछन

नेपाली दूतावास बेइजिङ स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड हाइनानको हैकाउबाट उडान नम्बर सिजेड ६३६५ बाट स्थानीय समयअनुसार ५ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए ।

विमानस्थलमा प्रधानमन्त्रीलाई चिनियाँ विदेश मन्त्रालय र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका अधिकारीहरूले स्वागत गरेका थिए । उनलाई चीन सरकारको स्टेट गेस्ट हाउस (दियायुथाई) मा राखिएको छ ।

प्रधानमन्त्रीलाई बेइजिङमा चिनियाँ परराष्ट्र मन्त्रालय र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । बेइजिङस्थित नेपाली दुतावास अधिकारी र अन्य नेपालीलाई समेत प्रधानमन्त्रीलाई स्वागत गरेका थिए ।