शाहि युवा शक्तिको बिरोध प्रर्दशनः स्थानीय निकायको निर्वाचन खारेजीको माग

‘चुनावले राष्ट्रियता गुम्ने खतरा’

काठमाडौ । शाहि युवा शक्तिले वैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचनले मुलुकको समस्या समाधान नहुने भन्दै त्यसको खारेजी हुनुपर्ने बताएको छ ।

हिजो राधानिमा आयोजित बिरोध सभामा बोल्दै शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले त्यस्तो बताएका हुन ।

अध्यक्ष खड्काले स्थानीय निकायको चुनाब बहिस्कार गर्ने चेतावनी दिदै, त्यसले मुलुकका द्धन्द्ध बढाउने बताए । उनले गणतन्त्र,धर्मनिरपेक्षतार संघियता नेपाली जनताका माग नभएको भन्दै त्यसको जगमा हुन लागको निर्वाचन रोकिनु पर्ने बताए ।

नेपाल र नेपालीको इतिहास राजसंस्था रहेको दाबी गर्दै उनले भने– ‘नयाँ नेपाल बनाउने निहुँमा ईतिहासलाई मेट्ने काम गर्न मिल्दैन, यसले नेपालको राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता गुम्ने खतरा बढेर गएको छ । नेपाली जनताको चाहना विपरित विदेशीहरुको ईशारामा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जबरजस्ती लादीएको छ,हामी त्यसको खारेजीको माग गर्दछौ ।’