एमाले कांग्रेसका दर्जनौ कार्यकर्ता सदभावना पार्टीमा प्रवेश

नेपालगञ्ज । एमाले, कांग्रेस लगाएत विभिन्न पार्टीका दर्जनौ नेता कार्याकर्ता सदभावना पार्टीमा प्रवेश गरेका छन ।

बाँके जिल्लाको कम्दी गाविस २ साहापुर्वा प्राङ्गणमा भएको सदभावना पार्टीको एक कार्यक्रममा उनीहरुले पार्टी प्रवेश गरेका हुन ।

उक्त कार्यक्रममा कांग्रोस एमाले तथा विभिन्न पार्टीका स्थानिय कार्यकर्ता मो रसुल साह नेतृत्वमा रिनु गुप्ता श्रवण नाउं देवगराम खटिक विनु जयसवाल १०० जान लगयतालाई सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नरसिंह चौेधरीले फुल माला लगाई पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश तथा विरोध र सम्मान कार्यक्रमका प्रमुख आतिथ्य सदभावना पार्टीका राष्ट्रिय बारिष्ट उपाध्यक्ष नरसिंह चौेधरीले मुख्य रुपमा संबिधान संसोधन गरी स्थानीय तहको संरचना जनसंख्याको अधारमा हुनु पर्ने तर त्यसो नभएकोले कुनै पनि हालतमा स्थानिय तहको संरचना अन्तरगत गाउँपालिका वा नगरपालिकालाई मधेशमा कार्यवन्यन आफुले र मधेशी जनताले नगर्ने बताए ।

विरोध सभा मा बोल्दै भने सद्भावन पार्टी केन्द्रिय सदस्य रामकुमार दिक्षितले मधेसमा मधेशीको रगत बगिरहंदा देश भरी खुसि मनाउनुको अर्थ नभएकोे बताए ।

यस्तै विरोध सभा मा बोल्दै सद्भावन पार्टी केन्द्रिय सदस्य राजेश बार्मले ‘मधेशीहरुको अधिकार सम्बोधन नगरी आएको यो संविधानको उचित नरहेको बताए ।

आफ्नो अधिकारको सुनिश्चितता गर्ने भन्दै तीन विकल्प रहेको बताए । यस्तै लोकतन्त्रमा शान्तिपूर्वक अधिकारको प्राप्तीका लागि संघर्ष गर्न पाउने भन्दै राजेश बार्मले गाउँगाउँमा रहेका सरकारी कार्यालयमा मधेश सरकार लेख्न अहवान गरेका थिए ।

यस्तै विरोध सभा मा बोल्दै सद्भावन पार्र्टीका नेता मुन्वार अलि हल्लावाईले भने सरकारले मधेशका नागरिकहरुमा त्रास फैलाउने काम गरिरहेको आरोप लगाए ।

नेता मुन्वारले मधेशी जनताले मागको सम्बोधन र शान्तिपूर्ण आन्दोलनमा जारी दमन सरकारले नरोकेसम्म आन्दोलन जारी रहने बताए

यस्तै विरोध सभा मा बोल्दै सद्भावन पार्टी केन्द्रिय सदस्य रामकुमार दिक्षितले एमाले माओवादी कांग्रेस राप्रपा सहित सबै ठूला दलहरु मधेस बिरोधी कित्तामा उभिएको चर्चा गर्दै मधेसले अधिकार नपाउंदा सम्म आन्दोलन नरोकिने बताए ।

विरोधसभामा फोरम सद्भावन पार्टी नेतृ रेखा गुप्ता, नेता लतिफ खाँ, सद्भावन पाटी जिल्ला सचिव सुरेश बार्म मेराज आन्सरी, हिबरुल रहमान खाँ, विरोधसभामा ग्रामीण क्षेत्रबाट उल्लेख संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा सदभावना पार्टीका बाँके अध्यक्ष लक्ष्मीनारयण बार्मले बाँके जिल्लामा धरै ठाँउमा सदभावना पार्टी बाहेक अरु कोही आउन नसक्ने ठोकुवा गरे ।