समाज सुधार्न महिलालाई अधिकार दिनुपर्छ भन्छन युवा लोक गायक नविन पौडेल

‘घर नसुध्रिए,समाज सुधार्न सकिन्न’

काठमाडौं । पाल्पाका युवा लोक गायक नविन पौडेलले समाज सुधार्न पहिले आफ्नो गाउँ घरका महिलाहरुलाई हक,अधिकार र स्वतन्त्रता दिनुपर्ने बताउछन । उनले राजधानीमा हीजो आयोजित एक कार्यक्रममा बोल्दै मञ्चबाट त्यस्तो बताएका हुन ।

युवा गायक पौडेल जब माइकको नजिक पुगे, उनले कार्यक्रमा उपस्थितहरुलाई प्रस्न गर्दै भने–‘देश बनाउनु आवस्यक छ, होकि हैन ?’ सबैको एउटै उत्तर आयो, हो । उनी अझै जोश र जाँगर सहित अगाडि बढे ।

उनले आफ्नो गाउँ घरबाट महिलाहरुलाई अधिकार दिनुपर्छ भन्ने संन्देश दिदै आफुले गित गाएको बताए । उनले विभिन्न कार्यक्रमको क्रममा देशका विभिन्न स्थानहरुमा पुगेको सुनाउँदै सुदुरपश्चिम नेपालको स्वर्ग जस्तै भएपनि त्यहाँ अझै महिला स्वतन्त्रताको वहस नचलेको बताए ।

सबैले देश,समाज बनाउनका लागि आ आफ्नो ठाउँबाट महिलालाई पनि अघि बढ्न उत्प्रेरणा दिनुपर्ने धारणा राखे । हेनुहोस् हरपल नेपाल डटकमले तयार पारेको यो भिडियो सामाग्री, उनकै आवाजमा…….

LOADING...