आआर क्याम्पसले एक पक्षीय रुपमा चुनाव घोषणा गरेको भन्दै ९ विद्यार्थी संगठनहरुको आपत्ति

क्याम्पस प्रशासनको निर्णयको विरोधः निर्वाचन हुन नदिने निर्णय

काठमाडौं । आरआर क्याम्पस प्रशासनले क्याम्पसमा रहेका विद्यार्थी स.गठनहरुसँग कुनै छलफल नै नगरि एकपक्षीय रुपमा चैत्र १५ गतेको लागि स्ववियु निर्वाचन गर्ने भनि मिति घोषणा गरिएको भन्दै विभिन्न ९ विद्यार्थि संगठनहरुले आफ्नो गम्भिर आपत्ति जनाएका छन ।

शनिबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले क्याम्पस प्रशासनले एकपक्षिय रुपमा चालेको कदमको विरोध गर्दै कुनैपनि हालतमा निर्वाचन हुन नदिने निर्णय गरेका छन । विद्यार्थी संगठनहरुले आफुहरुसँग निर्वाचनको विषयमा कुनै सहमति नगरि प्रशासन एकलौटि रुपमा अघिबढेको भन्दै आफुहरु निर्वाचनमा सहभागि नहुने समेत स्पष्ट पारेका छन ।

नेविसंघ,माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी,नयाँ शक्ति विद्यार्थी,लगाएतका विभिन्न ९ वटा विद्यार्थी संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै त्यस्तो निर्णय गरेको जनाएका हुन ।

विद्यार्थी संगठनद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ–‘क्याम्पस प्रशासनको मिलेमतोमा क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुलाई उम्मेदवार मनोनयन दर्ता गर्नसमेत नदिइएको, यसै अवधिमा स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको, क्याम्पसमा विभिन्न तहको भर्ना जारी रहेको, फर्जी भर्नालाई वैधानिकता दिने अभिप्रायले क्याम्पसमा भएको आगजनीको घटनाको कुनै छानविनसमेत नगरेको र निर्वाचन अधिकृतले राजीनामा दिएको अवस्थमा विद्यार्थी संगठनहरुको सहमतिबेगर एकपक्षीय रुपमा मतदान मिति प्रकाशन गर्ने कार्यले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ । एउटै क्याम्पसमा परीक्षा र निर्वाचन संगसंगै हुन नसक्ने कुरा स्पष्ट छ । त्यसको हामी विरोज गर्दछौ ।’

उक्त विज्ञप्तीमा अगाडि भनिएको छ–‘बद्नियतपूर्ण तरिकाले एकपक्षीय रुपमा गर्न लागिएको चुनावले स्ववियुको गरिमालाई खिल्ली उडाएको छ । १५ गते स्नातकोत्तर तहको परीक्षा रहेको, क्याम्पसमा असहज परिस्थितिको सिर्जना भएकोले विद्यार्थीहरुले मतदान गर्न पाउने अधिकारबाट बञ्चित हुने भएकाले उक्त दिन गर्न लागिएको निर्वाचनलाई सम्पूर्ण रुपले खारेजको माग गर्दछौं । उपत्यका, तराई÷मधेसलगायत देशका विभिन्न स्थानमा भएका असहज परिस्थितिका कारण निर्वाचन सम्पन्न बाँकी रहेका सम्पूर्ण क्याम्पसहरुमा नयाँ निर्वाचन तालिका प्रकाशित गरेर मात्रै निर्वाचन गर्न सक्ने अवस्था रहेको हुँदा बद्नियतपूर्ण तरिकाले गर्ने कुनै पनि निर्वाचन हुन नदिने र सहभागिता जनाउन नसकिने व्यहोरा यसै वक्तव्यमार्फत् सार्वजनिक गरिएको छ ।’

उनीहरुले रत्नराज्यलक्ष्मी क्याम्पसमा सर्वोच्च अदालतको अन्तरिम आदेशको नाममा विद्यार्थी संगठनहरुसँग कुनै छलफल र सरोकार नराखी केही संचारमाध्याममा एकलौटी रुपमा निर्वाचनको मिति तोकिएको भन्दै त्यसप्रति आफ्नो विरोध रहेको प्रष्ट पारेका छन ।

विज्ञप्ती मार्फत उनीहरुले भनेका छन–‘सर्वोच्च अदालतले महान्यायाधिवक्तामार्फत् विपक्षीलाई लिखित जवाफ पेस गर्ने दिएको १५ दिने म्यादलाई समेत पूर्ण रुपमा बेवास्ता गरी १५ दिन अगावै निर्वाचनको मिति तोक्नु आदेशकै अवज्ञा भएको स्पष्ट छ । निर्वाचन आयोगले फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरेको अवस्थामा फागुन १९ गते नयाँ कार्यतालिका प्रकाशित गरी निर्वाचन प्रक्रिया अगाडि बढाइनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन हो ।’

उक्त विज्ञप्तीमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्मा, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राई, तराई मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्र, अखिल पाँचौंका अध्यक्ष घनश्याम मिश्र, राप्रविस नेपालका प्रवक्ता क्षितिज सुवेदी, मधेसी विद्यार्थी फोरम नेपाल लोकतान्त्रिकका उपाध्यक्ष पारसनाथ चौधरी,र नयाँशक्ति विद्यार्थी युनियनका केन्द्रीय सदस्य युवराज ढकालले हस्ताक्षर गरेका छन ।

आरआर क्याम्पस प्रशासनले असअघि नै चैत्र १५ गते बिहान ८ बजेदेखि साझँ पाँच बजेसम्म स्ववियु निर्वाचन हुने भन्दै निर्वाचनमा भागलिन सबै विद्यार्थीलाई सूचना जारी गरेको थियो । निर्वाचनको विषयमा उक्त क्याम्पसमा लामो समयदेखि विवाद रहदै आएको छ ।