नूर गंगा प्रतिभा पुरस्कार गुठिद्धारा चारजना पुरस्कृत

राप्रपा नेता चन्दलाई अभिनन्दन

काठमाडौं । नूर गंगा प्रतिभा पुरस्कार गुठिले आज साहित्य,कला र संस्कृतीमा योगदान पुर्याउने राष्ट्रिय तथा लुम्बिनी क्षेत्र स्तरिय कलाकार र साहित्यकारहरुलाई एक कार्यक्रमबीच सम्मानीत गरेको छ ।

उक्त गुठिद्धारा आयोजित पुरस्कार वितरण समारोह कार्यक्रममा श्रष्टाहरुलाई फुलमाला र दोसल्ला ओढाउदै कदरपत्र सहित नगद राशीले सम्मान गरिएको हो ।

गुठिले राष्ट्रिय बाल साहित्यमा योगदान पुर्याएको भन्दै साहित्यकार तथा लेखक तेज प्रकाश श्रेष्ठलाई रु एकलाख नगद राशिले सम्मानीत गरेको छ ।

त्यसैगरी लुम्बिनी स्तरिय साहित्यको क्षेत्रमा कलम चलाएको भन्दै कदर स्वरुप साहित्यकार राम बहादुर बिक ‘आरबी निश्चल’लाई रु पच्चीस हजार नगद धन राशि सहित सम्मान गरेको छ ।

त्यसैगरी उक्त कार्यक्रममा लोक गायन तर्फ कला,संस्कृतीको विकासमा टेवा पुर्याएको भन्दै गुठिले राष्ट्रिय स्तरबाट शान्ति परियारलाई नगद बिस हजारको धन राशी र लुम्बिनी स्तरबाट लोक गायक नविन पौडेंललाई तीस हजारको धन राशी सहित सम्मानीत गरेको हो ।

गुठिले साहित्यमा समेत कलम चलाउने पूर्व प्रधानमन्त्री तथा राप्रपा नेता लोकेन्द्र बहादुर चन्दलाई समाज सेवामा योगदान गरेको भन्दै उक्त कायक्रमबीच अभिनन्दन समेत गरेको छ ।

उक्त कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि र गुठिका अध्यक्ष लगाएतले पुरस्कृत हुनेहरुलाई सम्मानीत गरेका थिए ।