लोकतन्त्रको सुधारका लागि युवाहरु जाग्नुपर्छः राप्रपा नेता चन्द

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्र बहादुर चन्दले लोकतन्त्रको सुधारमका लागि अब युवाहरु राजनीतिमा आउनुपर्ने धारणा ब्यक्त गरेका छन ।

नूर गंगा प्रतिभा पुरस्कार गुठिद्धारा आज राजधानिमा आयोजित पुरस्कार वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दे उनले त्यस्तो बताएका हुन ।

राप्रपा नेता चन्दले राजनीतिमा युवा पुस्ताको अभाव रहेको भन्दै लोकतन्त्रकको सुधारको लागि युवाहरु अघि बढ्नु पर्ने बताए । उनले जनता शक्तिको श्रोत भएकाले अहिलेको ब्यवस्था नै सर्बमान्य नहुने र जनताले चाहेमा नयाँ राज्य व्यवस्था ल्याउन सकिने तर्क गरे ।

एक प्रसंगमा कुरा गर्दै उनले लोकतन्त्रको सुधारका लागि अहिले सम्मका राजनीतिक नेतृत्वले जिम्मोरी वहन गर्न नसकेको भन्दै जन चाहना अनुरुपको परिवर्तनका लागि अब युवाहरु आफै अग्रसर हुनुपर्नेमा जोडदिए ।

नेता चन्दले भने–‘युवाहरुले नेतृत्व नगरेसम्म यहाँ कुनै परिवर्तन हुनेवाला छैन, तपाई युवाहरु अघि बढ्नुस । पुरानो सोच,चिन्तन भन्दा माथि उढेर राष्ट्रियताको लागि युवाहरु जुट्नुपर्छ तर यो देशमा जननेताको खडेरी परेको हुदा अरुलाई विशवास नगर्नुस । युवाहरु आफैले केही गर्नुपर्छ । स्वयम मेरो पनि विश्वास नगर्नुस,इतिहास युवाहरुले बनाउने हो ,युवाहरु जुट्नुस ।’

LOADING...