विभिन्न पार्टीका दर्जन बढि नेता कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौै । माओवादी केन्द्र लगाएत विभिन्न पार्टीहरुका नेता कार्यकर्ता विप्लव नेतृत्वको नेपाल कम्निष्युट पार्टीमा प्रवेश भएका छन् । नेपाल कम्यूनिष्ट पार्टीका अनुसार माओवादी केन्द्र,बैद्य माओवादी, लगाएत विभिन्न पार्टी परित्यागगरी दर्जन बढि नेता कार्यकर्ताहरु उक्त पार्टीमा प्रवेश गरेका छन ।

सिक्रे ७ नुवाकोट माओवादी केन्द्रका नेता बिष्णु खड्का लगाएतका नेताहरु विप्लव नेतृत्वको माओवादीमा प्रवेश गरेको बताइएको छ । नेता खड्काले माओवादी केन्द्रले जनयुद्धको आदर्श छोडेको ,विदेशी शक्तिको ईसारामा चलेको आरोप लगाउदै पार्टी परित्याग गरेका छन । उनी माओवादी जनयुद्धमा सहभागी भएका पुरानो नेता हुन ।

त्यसैगरी बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टी निकटको शिक्षक संगठनका केन्द्रीय सचिव मधुसूदन पौंडेल आफ्नो पार्टीमा प्रवेश गरेको नेकपाले जनाएको छ । उनी नेकपाको शिक्षक संगठनमा संगठित हुन पुगेका छन ।

त्यैगरी माओवादी केन्द्र,नुवाकोट गेर्खुका नेता विकास तामाङ,मदानपुरका युवा नेता प्रेम तामाङ लगाएतका नेताहरु आफ्नो पार्टीमा प्रवेश गरेको नेकपाले जनाएको छ ।

नेकपाका अनुसार पछिल्लो चरणमा विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेश हुने क्रम बढिरहेको छ । नेकपाले विभिन्न पार्टीबाट दर्जन बढि नेता,कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गरेको जनाएको छ ।