आउँदो मंगलबार आरआरमा स्ववियु चुनाव हुनेः प्रशासनले सूचना टाँस्यो

पूर्वप्रकाशित भएका मतदाताले मात्र मतदान गर्न पाउने

काठमाडौँ । प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा आउँदो मंगलबार लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुने भएको छ ।

क्याम्पस प्रमुख निर्मला कुमारी सुवालले चैत्र १५ गते उक्त क्याम्पसमा स्ववियु निर्वाचन हुने भन्दै मतदानमा प्रकृयामा सहभागि हुनका लागि विद्यार्थीहरुमा सूचना गरेकी छन ।

हरपल नेपालले क्याम्पस प्रमुख सुवालसँग गरेको संवाद

क्याम्पस प्रमुख सुवालले हरपल संवादमा बोल्दै सर्वोच्च अदालतले चैत्र २ गते क्याम्पसको नाममा अन्तरिम आदेश जारी गर्दै स्ववियु निर्वाचन सम्बन्धी बाँकी कार्यभार सम्पन्न गराउँनका लागि निर्देशन गरेको हुनाले स्थानीय निकायको निर्वाचनको आचारसंहिताका कारण आरआरमा स्ववियु निर्वाचन रोक्न नमिल्ने बताएकि छन ।

क्याम्पस प्रमुख सुवालले नेपालको संविधान २०७२ बमोजिम कार्यान्वयन गर्ने दायितव र जिम्मेवारी आफुमा आएको बताउँदै विविध कारणले रोकिएको स्ववियु निर्वाचन गर्नका लागि चैत्र १५ गते बिहान ८ बजेदेखि साझँ ५ बजेसम्म निर्वाचन हुने व्यवहोरा सूचना मार्फच जानकारी गराएकी छन ।

क्याम्पस प्रमुख सुवालले निर्वाचनको लागि पहिले प्रकाशित अन्तिम मतदाता नामावलीमा रहेको मतदाताहरुले निर्वाचनमा भोट हाल्न पाउने भन्दै सबै मतदाताहरुलाई निर्वाचन प्रकृयामा भागलिनका लागि आग्रह गरेकी छन ।

उक्त क्याम्पसमा स्ववियु निर्वाचनका विषयमा विभिन्न विद्याथि संगठनहरुका बिचमा विवाद हुदाँ पूर्व निधारित कार्यतालीका अनुसार निर्वाचन हुन सकेको थिएन । विभिन्न विद्यार्थि संगठनहरुबीच निर्वाचनको विषयमा विवाद हुदाँ झडप समेत भएका थिए ।

उक्त क्याम्पसमा फागुन २३ गतेका लागि निर्वाचनको कार्यतालिका प्रकाशन गरिएको भएपनि विद्यार्थीहरुको विवाद र स्थानीय निकायको निर्वाचन सम्बन्धी आचारसंहीताका कारण उक्त मितिमा समेत निर्वाचन हुन सकेको थिएन ।

पछिल्लो अवस्थामा सर्वोच्च अदालतको अन्तिरिम आदेशले स्थानीय निकायको निर्वाचनको आचारसंहिताले पहिले घोषित भएको निर्वाचन गर्न बाधा नगर्ने भन्दै निर्वाचन गराउन आदेश गरेपछि निर्वाचनबारे पुर्न तयारी हुन लागेको देखिन्छ ।

यसअघि निर्वाचनका लागि क्याम्पसमा कृयाशिल धेरै संगठनहरुले आफ्नो मनोनयन बुझाएको भएपनि कांग्रेस निकटको नेविसंघले भने पहिले तोकिएको समय अवधिसम्म आफ्नो मनोनयन दर्ता गराएको थिएन ।

विभिन्न संगठनहरुले अहिले क्याम्पस प्रशासनले एकलौटि रुपमा निर्वाचनको सूचना टाँसेको भन्दै बिरोध जनाएका छन । उनीहरुले हरपल नेपालसँगको कुराकानीमा निर्वाचनको विषयमा मतदाता संख्या,मनोनयन र मिति लगाएतका विविध विषयमा विद्यार्थी संगठनसँग छलफल नगरेको आरोप लगाउँदै त्यो संच्याउन क्याम्पस प्रशासनसँग माग गरेका छन ।

हेर्नुहोस हरपल नेपालले क्याम्पस प्रमुख सुवालसँग गरेको संवाद पनि….’www.harpalnepal.com/2017/03/301/ ‘