ताप्लेजुङमा बज्रगुरु मन्त्र जप कार्यक्रमको तयारी सकियो

ताप्लेजुङ । आगामि चैत्र २७,२८र२९ गते ताप्लेजुङको सुकेटारमा हुन गइरहेको तिन दिने बज्रगुरु मन्त्र जप कार्यक्रमको तयारी अन्तिम चरणमा पगेको छ ।

उक्त कार्यक्रम सुरु हुन मात्र १६ दिन बाँकी छदै कार्यक्रम स्थलमा टहरा निर्माण लगायत सबै तयारी अन्ति चरणमा पुगेको सदस्य सचिव पासाङ रिता शेर्पाले जानकारी दिएका हुन।

उक्त कार्यक्रममा बौँद्ध धर्मावलम्बिहरुले आ आफ्नो क्षेत्रबाट तन मन र वचनका साथ आर्थिक र बौधिक तवरले दान गरेर पुन्य कमाउन र बिश्व शान्तिको कामनामा हामि सबै एकहुनु पर्छ भन्ने एकात्मक भावना सहित निरन्तर उत्त तयारीमा लागिपरेको सदस्य सचिव शेर्पाले जानकारी दिएका हुन ।

उक्त कार्यक्रममा बज्रगुरु मन्त्र जप गर्नको लागि ताप्लेजुङ, पाचथर,संखुवासभा र काठ्मान्डौ लगायतका विभिन्न जिल्लाहरुबाट समेत गरि पन्द्र देखि बिस हजार जनाको हाराहारीमा जनसहभागिता रहने अनुमान गरेको शेर्पाले बताए ।

उक्त कार्यक्रममा सात जना औतारि लामागुरु, दुई सय पचास जना लामागुरुहको उपस्थितिमा स्रदेय गुरु दिल्गो खेन्से याङसि रिम्पोछेको प्रमुख आतिथ्यतामा उक्त तिन दिने बज्रगुरु मन्त्र जप कार्यक्रम सम्पन हुने शेर्पाले बताए ।