आज नेपाल आउँदै नयाँ भारतीय राजदूत पुरी
प्रकासित मिति : २०७३ चैत्र १२, शनिबार
प्रकासित समय : ०८:३६
काठमाडौं । नेपालका लागि नयाँ भारतीय राजदूत मन्जिवसिंह पुरी आज शनिबार नेपाल आउँदै छन् ।
अघिल्ला राजदूत रन्जीत राय ले अवकास पाएपछि उनको स्थानमा पुरी आउन लागेका हुन् । राय फागुन अन्तिमसाता आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किसकेका छन् । पुरीले आइतबार ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ ।
भारतले मन्जिवसिंहलाई राजदूतको रुपमा नियुक्त गरेको पत्र नेपाललाई पठाएपछि उनको नामा नेपालले अनुमोदन गरेको थियो । नेपालका लागि नयाँ राजदुत पुरीले यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका राजदूत भएर काम गरिसकेका छन् ।
संयुक्त राष्ट्रसंघका लागि पनि भारतीय प्रतिनिधिको रूपमा काम गरिसकेका पुरी सन् १९८२ मा भारतीय परराष्ट्र सेवामाप्रवेश गरेका थिए ।