पुराना पार्टीहरु भ्रष्टाचारको फोहोरमा डुबेका सुँगुर जस्तै हुनः संयोजक डा. भट्टराई

समृद्धिको सपना काल्पनिक होइनन्

भैरहवा । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टीहरु भ्रष्टाचारको फोहोरमा डुबेका सुँगुर जस्तै भएको बताएका छन । उनले पुराना पार्टीहरु भ्रष्टाचार र अनियमितताको फोहोरमा सुँगुर जसरी डुबेकाले तिनीहरुसँग कुस्ती खेल्न नसकिने बताए ।

नयाँ शक्ति पार्टी, नेपालले सुरु गरेको हिमाल,पहाड,मधेस र तराई राष्ट्रिय अभियानको क्रममा शुक्रबार भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै उनले त्यसतो कुरा बताएका हुन ।

‘सुँगुरसँग कुस्ती खेल्नु हुँदैन, खेलियो भने आफैंलाई फोहोर लाग्छ’ उनले भने–‘हामी पुराना पार्टीहरुसँग कुस्ती खेल्न होइन, सुशासन र सदाचारयुक्त समृद्धिको शिखरतिर लम्किने अभियानमा छौं ।’

उनले नयाँ शक्तिको परिकल्पना सबैप्रकारको भ्रष्टाचारबाट मुक्त सुशासन र सदाचारयुक्त देश निर्माण भएको बताए छन । उनले भने–‘नयाँ शक्ति आजभन्दा २५०० वर्ष अघि गौतम बुद्धले विश्वलाई एउटा सन्देश दिएका थिए, आज हामी त्यस्तै अर्को सन्देश दिन उभिएका छौं ।’

नेपालको सन्दर्भमा समृद्धि कुनै काल्पनिक सपना नभएको उल्लेख गर्दै उनले हाम्रो जीवनकालमै समृद्धि सम्भव भएको स्पष्ट पारे । ुहामीले ठूलाठूला क्रान्तिहरु गर्यौं, संविधान बनेपछि सबैको सपना थियो कि नेपाल समृद्धिमा पुगोस्,ु उनले अगाडि थपे यो कुनै काल्पनिक सपना होइन, नेपाल जस्तो ठाउँ विश्वमा कहिं पनि छैन, नेपालको मानवीय र प्राकृतिक स्रोत सम्पदा हेर्दा यो वास्तविक सपना हो ।

उनले नयाँ शक्ति वैकल्पिक विचारसहितको शक्ति भएको भन्दै देश विदेशमा रहने व्यक्तिहरुको माझ मात्र होइन, संसारले नै नयाँ शक्तिलाई चासोपूर्वक हेरिरहेको बताए ।

एक फरक प्रसंगमा उनले बुटवल सुनौलीको बाटो बन्न लागेको देख्दा निकै उत्साही भएको भन्दै खुसी व्यक्त गरे । ुजसरी विहारमा नितिशकुमारले छोटो समयमा ठूलाठूला सडकहरु बनाउने काम गरेका थिए,ु उनले भनेÞ–‘मैले आफैंले ५६ं÷६६ सालको बजेटमा दशवटा मुख्य ६ सहरहरुमा ६ लेनको बाटो बनाउनुपर्छ र भारतबाट नेपाल पस्दा नेपाल कम रहेनछ भनेर सोचन् भनेर सुरु गरेको थिएँ, त्यो सपना अहिले पूरा हुँदै गएको छ, म खुसी छु ।’

उनले अगाडि थपे यहि भूमिमा जन्मिएका र यो भूमिको रक्षा गर्नेहरुलाई गैरनेपाली भन्न मिल्छ? गोर्खा राज्य विस्तार गरेर हाम्रा बाउबाजेले आर्जेको यो देश केही उट्पट्या मान्छेहरुको दुष्प्रयासका कारण कतै विखण्डित हुने त होइन ।
संघीयताले देश जोड्ने बताउँदै उनले डेढ वर्षसम्म संघीताको कार्यान्वयन हुन नसक्नु दुःखद कुरा भएको बताए । ुअब यो मुद्दालाई टुंगोमा पुर्‍याएर चुनावमा जानुको विकल्प छैन,ु उनले भने–‘हामी चुनावको विरोध होइनौं, हामी निसन्देहः चुनाव चाहन्छौं, देशमा चुनाव गरेर सरकारमा पुग्ने अनि राजनीतिक स्थायित्व कायम गर्दै देशलाई समृद्धितिर लैजाने हाम्रो सीधा राजनीतिक कार्यदिशा हो ।’

उनले नेपाल १०÷१५ वर्षभित्र समृद्धिको दिशातर्फ जानसक्ने तर, हाम्रो एउटा सानो गल्तीले गर्दा देश बर्बादीको दिशामा जाने खतरा रहने बताए ।