अनेरास्ववियु स्थायी कमिटीको बैठक सम्पन्नः विविध विषयमा छलफल

काठमाडौँ । नेकपा एमाले निकटको अनेरास्ववियु स्थायी कमिटीको बैठकले समसामयिक शैक्षिक, राजनैतिक तथा सांगठनिक बिषयहरुमा बिभिन्न निर्णयहरु गरेको जनाएको छ ।

अनेरास्ववियुका महासचिव ऐन महरद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा विभिन्न तीन बुदेँ कार्यक्रमहरु सञ्चालन गर्ने जनाइएको हो ।

उक्त विज्ञप्तीमा ऐनसेलले गरिरहेको कर छल्ने कामलाई संरक्षण गरिहेको बिषयप्रति खेद व्यक्त गर्दै सरकारलाई दबाव सिर्जना गर्न र ऐनसेल कम्पनीलाई कर तिर्न सचेत गराइने बताइएको छ ।

त्यसैगरी दुरदराजका विद्यालयमा विगतमा समयमै पाठ्यपुस्तक नपुग्ने, पुस्तक अभाव हुने जस्ता समस्याहरुको बिषयमा राज्य जिम्मेवार हुनपर्ने भन्दै राज्यको गैर जिम्मेवार कामको भत्सना गर्दै विद्यालयमा आवश्यक पाठ्यपुस्तक समयमै पुर्याउनका लागि नेपाल सरकार र सम्बन्धित निकायको ध्यानआकर्षण गराएको छ ।

त्यसतै अस्कल क्याम्पसमा अखिल क्रान्तिको नाममा भएको सांघातिक आक्रमणबाट अनेरास्ववियु अस्कलका नेता कमलराज जोशी घाइते भएको र घटना लगाएत पब्लिक युथ क्याम्पसमा अखिलका नेताहरुको मतभेदको विषयमा संगठनको केन्द्रिय नेतृत्वलाई जोडेर प्रेसित समाचारप्रति ध्यानआकर्षण भएको बताइएको छ ।