दुई भारतीय युवक पेस्तोलसहित पक्राउ

धनुषा । धनुषामा पेस्तोलसहित दुई भारतीय युवक पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरीका अनुसार गणेशमान चारनाथ–९ लवटोलीबाट प्रहरीले भारत मधुवन बिहार बस्ने २६ वर्षीय शत्रुधन यादव र २५ वर्षीय रबिन्द्र यादव प्रक्राउ परेका हुन ।

धनुषाको पोर्ताहाबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार विआर ३२ के १६९५ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा उक्त पेस्तोल र गोली भेटिएको थियो ।

चेक जाचको क्रममा विहिबार नलकटुवा पेस्तोल १ थान र सोको गोली २ राउण्ड सहित प्रहरीले उनिहरुलाईपक्राउ गरेको बताएको छ।