पौडेलसँग कुरा मिलाउँदै देउवा
काठमाडौं । प्रमुख दल नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच पछिल्लो समय आन्तरिक छलफल चलिरहेको छ।
पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बस्नुअघि नै पार्टीभित्र कार्य सम्पादन समिति बनाउनेबारे सहमति गर्ने, केन्द्रिय समितिलाई पूर्णता दिने, पदाधिकारी मिलाउनेबारे पौडेलसँग सभापति देउवाले कुराकानी गरिरहेका छन्।
सभापति देउवाले पछिल्लो समय असन्तुष्ट पौडेल पक्षधरलाई मिलाउनको लागि गम्भिर भएर आन्तरिक छलफललाई तिव्रता दिएका छन्।
स्रोतका अनुसार यही चैत्र १३ गते बस्ने कार्य समितिको बैठक अघि नै देउवाले कार्यसम्पादन समिति गठन गर्ने र विभाग गठन गर्नेबारे सहमति कायम गर्ने बुझिएको छ।
देउवाले उपसभापति र महामन्त्री आफ्नो भागमा राख्ने र सह–महामन्त्री पौडेल पक्षलाई दिने तयारी गरेका छन्। उता देउवाले पौडेल पक्षधरको चित्त बुझाउनको लागि ७ प्रदेशमै सह–महामन्त्री बनाउने बनाउने तयारी थालेका छ।
चैत्र १३ गते विहान साँढे ८ बजे बस्ने कार्यसमितिको बैठकमा स्थानीय निर्वाचन र समसामयिक राजनीतिक घट्नाक्रमको बारेमा समिक्षा हुने काँग्रेस नेताहरुले जनाएका छन्।