थापाथली क्याम्पसका स्ववियु अध्यक्ष खत्री भन्छन–‘देश बनाउने इच्छा छ’

‘ईन्जिनियरको क्षेत्रबाट जति सक्छु,यो देशको विकास गर्नका लागि तयार छु’

पूर्वि नेपालको मकवानपुर, हेटौंडाका प्रज्वल खत्री, अहिले थापाथली स्थित ईन्जिनियरिङ क्याम्पसमा इण्डष्ट्रियल ईन्जिनियरिङ विषयको तेश्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन ।

हालै सम्पन्न भएको स्ववियु निर्वाचनमा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीको कोटाबाट उनी स्ववियु अध्यक्षमा समेत विजयी भएका छन ।

स्ववियु अध्यक्ष समेत रहेका भावी ईन्जिनियर खत्रीले हरपल नेपाल डटकमसँगको कुराकानीमा

स्ववियु अध्यक्ष समेत रहेका भावी ईन्जिनियर खत्रीले हरपल नेपाल डटकमसँगको कुराकानीमा देश बनाउँने ईच्छा भएर आफु राजनीतिमा आएको बताएका छन ।

ईन्जिनियर कोर्षको तेश्रो बर्षमा अध्ययन गरिरहेका भावी ईन्जिनियर खत्रीले नेपाली युवाहरुको विदेश पालाएन हुने क्रमप्रति इंकित गर्दे आफुले भविष्यमा देशको विकास,निर्मामा लाग्ने लक्ष्य बनाएको बताए ।

उनले भने–‘यो देश हामी जस्तैले मिलेर बनाउने हो । म ईन्जिनियरको क्षेत्रबाट देशको लागि चाहीने र सक्ने काम गर्छु । मैले यहि लक्ष्य बनाएको छु ।’

स्ववियु अध्यक्ष खत्री

राजनीतिमा सक्षम मानिसहरु आउनुपर्ने भन्दै उनले भने–‘अन्य पेशा व्यवसायहरुमा जस्तै ईन्जिनियर पनि राजनीतिमा जान जरुरी रहेको छ । म आफ्नो पढाई सकेर देश बनाउनका लागि आफ्नो क्षेत्रबाट जति सक्छु,त्यति योगदान गर्न चाहन्छु । वास्तवमा राजनीतिमा सक्षम र पढेलेखेका मानिसहरु आउँनु पर्दछ ।’

उनले स्ववियु जित्नुको मुख्य आधार क्याम्पसमा संगठनको राम्रो प्रभाव भएको बताए । उनले देशैभरी माओवादी प्रति जनातामा विश्वास भएको तर्क गर्दै अब सबै क्षेत्रका युवाहरु मिलेर देश बनाउन जुट्नु पर्ने बेला आएको बताए ।

स्थानीय निकायको निर्वाचनमा पनि माओवादी अग्र स्थानमा आउने आफुले विश्वास गरेको भन्दै उनले देशको समग्र व्यवस्थामा परिवर्तन गर्नका लागि माओवादीको विकल्प आफुले नदेखेको बताए।

क्याम्पसका तमाम समस्याहरुबारे आफु स्ववियु अध्यक्ष भैसकेपछि निकासको विषयमा गम्भिर भएको उनले बताए । उनले क्याम्पसमा सबै विद्यार्थीहरुको पढन पाठनको राम्रो व्यवस्थापन गर्न सम्बन्धीत निकायहरुसँग छलफल गर्ने र क्याम्पसमा रहेका सबै राजनीतिक दलहरु निकटका विद्यार्थी संगठनसँग सहकार्य गर्दे अगाडि बढ्ने आफ्नो योजना रहेको समेत सुनाए ।

भावी ईन्जिनियर खत्रीले सबैले आ आफ्नो क्षेत्रबाट देशका लागि योगदान गरे, देशको भविष्य चाडै बद्लीने दाबी समेत गरेका छन ।