चोक देखि चिया पसलसम्म स्थानीय निर्वाचनको चर्चा

बझाङ । लामो समय देखि स्थानीय तहकोे निर्वाचन हुने भएपछि सदरमुकाम देखि गाँउ गाँउका चोक तथा चिया पसल देखि सबै ठाँउमा स्थानीय तहको निर्वाचनको चर्चा हुन थालेको छ ।

झण्डै दुई दशक देखि स्थानीय तहको निर्वाचनका लागी सरकारले बैसाख ३१ गतेको मिति तय गरे पछि चुनावी बहस सुरु हुन थालेको हो ।

स्थानीय तहको संरचना अनुसार यस जिल्लामा पनि १० गाँउपालिका र दुई नगरपालिकामा बिभाजन गरे पछि कुन गाँउपालिकामा कुन पार्टीको विजय हुन्छ र कुन उम्मेदवार हुन सक्छन भनि बहस सुरु हुन थालेको छ ।

चोक देखि चिया पसल , कार्यालय देखि देखि भट्टी पसल सम्म स्थानीय तहको निर्वाचनको परिचर्चा हुन थालेको छ । राजनितिक दलहरु पनि गाँउ सम्मेलन तथा निर्वाचनमा भिड्ने उम्मेदवारहरुको तयारीमा ब्यस्त रहेका छन् ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्र तथा सहयात्री नेपाली काँग्रेस भने गाँउ सम्मेलनमा ब्यस्त रहेका छन् भने प्रमुख विपक्षी दल एमाले पनि निर्वाचन समितिको बैठक सकाएर आफ्नो तर्फबाट गाँउपालिका तथा नगरपालिकाको उम्मेदवारको तयारीमा जुटेको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरि भातृ संघ संगठन सहित घरदैलो अभियानमा जुटेको नेपाली काँग्रेसका सभापती हर्कजङ्ग बहादुर सिंहले भने–‘हामी गाँउ सम्मेलनमा जुटेका छौ गाँउ गाँउ गएर कार्यकर्ता भेटघाट लाई समेत तिब्रता दिएका छौ , चुनाव जित्नका लागी धेरै तयारी गर्नुपर्ने छ’ ।

निर्वाचन क्षेत्रिय समितीको बैठक सक्यौ नेकपा एमालेका नेता सुरत सिहंले भने–‘नेकपा एमाले समेत गाँउ तथा घरदैलो अभियानमा जाने तयारी गरि रहेको बताउदै चैत्र १० गते बस्ने जिल्ला कमिटीको बैठक पछि कार्यकर्ताहरु संग भेटघाटमा जुट्ने छौ’।

२०७० सालको संविधान सभाको निर्वाचनमा जिल्लाका दुबै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र नेकपा एमाले बीच भएको कडा प्रतिस्पर्धा पछि एमालेले विजय हासिल गरेको थियो ।

जिल्ला भरि एमाले बलियो देखिए पनि थोरै मतान्तरले पराजय भोगेको काँग्रेस पनि त्यती कमजोर भने छैन् । साबिकको दुई निर्वाचन क्षेत्रहरु मध्ये क्षेत्र नम्बर दुईमा काँग्रेस्र बलियो देखिन्छ भने क्षेत्र नम्बर एकमा भने एमालेको जनमत बढी हुन सक्ने स्थानीय बासीहरुको आँकलन छ ।

जिल्लाको काँडा, सुर्मा दौलिचौर,खप्तड छान्ना , बिथ्थड चिर , थलीदुर्गा गाँउपालिका र बुंगल नगरपालिकामा नेपाली काँग्रेस बलियो भएको स्थानीयको अनुमान छ ।

त्यस्तै जयपृथ्बी नगरपालिका सहित तल्कोट ,मस्टा ,थलारा,छबिस पाथीभेरा र केदार सन्स्यू गाँउपालिका एमाले बलियो देखिने आँकलन गरिएको छ ।

नेकपा माओबादी केन्द्र पनि प्रतिस्पर्धामा आउने देखिए पनि माओबादी केन्द्रको कुनै त्यस्तो खास क्षेत्र नभए पनि गाँउ पालिकाका कुनै वडाहरुमा आउन सक्ने जानकारहरु बताउँ छन ।

पछिल्लो समयमा राजनितिक दलहरु प्रति स्थानीयको विश्वास खस्कीरहेका बेला स्थानीय तहको निर्वाचनले भने यसका थप चासो तथा उर्जा थपेको मानब अधिकारकर्मी दिर्घराज उपाध्यायको भनाई छ ।

उनी भन्छन्–‘स्थानीय निकायको निर्वाचन नहुँदा नेताहरु थन्केका थिए तर अब यसले स्थानीय नेताहरुमा उर्जा थपेको छ ’।

विकास निर्माणका कामहरुमा खासै चासो नदेखाउने स्थानीय राजनितीक दलका नेता अहिले भने सरकारले स्थानीय तहको मिति सार्वजनिक गरे पछि स्थानीय नेता जनताको प्यारा हुन विभिन्न बाहनाबाजी गरि रहेका स्थानीय हिमन्त रोकाया भने–‘‘नेताहरुले त सधै जनताका पिरमर्का बुझ्नु पर्छ चुनाव बेलामा मात्र आएर हुदैन’ ।

स्थानीय तहको निर्वाचन संगै जिल्लामा भने निकै तडक भडक सुरु हुन थालेको छ । विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्ने र गराउने होडबाजी नै चलेको छ ।

झण्डै दुई दशक देखि हुन नसकेको स्थानीय निकायको निर्वाचन हुने भएपछि स्थानीय क्षेत्रमा सबै पार्टीहरुमा आकांक्षीहरुको पनि तछाड मछाड हुन थालेको छ ।

स्थानीय नेताले टिकट पाउनका लागी लबिङ्ग सुरु गरि रहेका छन् भने केही नेताहरु भने घरदैलो अभियान मार्फत भोट माग्नका लागी जुटि सकेका छन् ।