‘गोविन्दको साहदत सीमारक्षा गर्न प्रेरित गर्ने आन्दोलन हो,राष्ट्रियताको वास्तविक परिभाषा हो’

‘गोविन्द राष्ट्रप्रेम जगाउने नैतिक शिक्षा हो’

 

“गोविन्द गौरव हो । गोविन्द जङ्गे खम्बा हो । खोक्रो राष्ट्रवाद होइन, सस्तो लोकप्रीयता होइन,अवसर कदापी होईन । इमानमय आदर्श हो । सतिसाल झै उभिएको राष्ट्रवादी व्याक्तीत्व हो । यो नै समग्र राष्ट्रयताको परिभाषा हो ।”

गोविन्द गौरव हो । गोविन्द जङ्गे खम्बा हो । उत्पीडीत राष्ट्रको राष्ट्रयता हो । मातृभूमीको रक्षार्थ खटिएको इमान्दार सिपाही हो । नालापानीको विगत हो । तिलाठीको वर्तमान भन्दा एक कदम अगाडी हो । खोक्रो राष्ट्रवाद होइन, सस्तो लोकप्रीयता होइन, अवसर कदापी होईन । इमानमय आदर्श हो । सतिसाल झै उभिएको राष्ट्रवादी व्याक्तीत्व हो । यो नै समग्र राष्ट्रयताको परिभाषा हो ।

उ ढल्यो नढल्नु पर्ने, उ जलेर खरानी भयो नजल्नु पर्ने, तरविस्तारवादको अगाडि कदापि झुकेन । लोभलालचले रोकेन । सत्ताको सौदाले उसलाई छुदैन पनि । विस्तारवादीको वदनाम पुर्ण कर्कुतलाई रोक्न सक्ने गधाधारी भिम जस्तो विरताको प्रतिक थियो । सीमारेखामा अडीएको सगरमाथा जस्तो अडीग निसानी थियो । विस्तारवादी दलालहरुको ज्याजतीका विरुद्ध प्रतिकार गर्दै गर्दा एक्लै ढल्न तयार भयो । ममतामयी बुढा आमा—बुवा , प्रेमको महासगर जिवन संगीनी र स्नेहका कलीला कोपीला तिन छोरी टुहुरा सुकुमवासी वस्तीमा छोडेर विरताको पथमा लम्कीयो । गणतन्त्र नेपालको सीमारक्षामा विरगति प्राप्त गर्नै पहिलो सहिद बन्यो ।

सरकारले राष्ट्रिय सहिद घोषणा गरेर देखाएको लोकलाजपुर्ण व्यवहारले गोविन्दको विरतालाई होच्याउन खोज्यो । सिमानामा सहिद भएको विर नेपालीको अन्त्यष्ठी गर्न प्रशासनले पठाएकोे फोहोर फाल्ने गाडीले उसको साहादत स्विकार गरेन । सके कार्यकारी प्रमुख प्रधानमन्त्री जानु पथ्र्यो नसके गृहमन्त्री जानु पथ्र्यो । ७ नम्बर प्रदेशलाई आफ्नो ठेक्का ठान्य शेरवहादुर देउवा, टिकापुरमा रहेका भिम रावल र अत्तरीया आफ्नै घरमा रहेका लेखराज भट्ट समेत सहभागी भएनन् । रिवन काट्न मेची देखी महाकाली हेलीकप्टरमा उडीरहनेहरु, पार्टी झण्डा वोकेर मसान घाट धाउनेहरुले किन गोविन्द गौतमलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गर्ने साहास गरेनन ? कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी समेत सहभागी नभएको तिम्रो राष्ट्रिय सम्मानले मेरो सिमानामा ढलेको विर सहिदको सम्मान होईन अपमान गर्दछ ।

“चोक चोकमा श्रमजिवी जनता फुलमाला लिएर मलामी भए । धित मरुन्जेल नारा लगाए, “भारतिय विस्तारवाद मुर्दावाद” । “महान सहिद गोविन्द अमर रहुन ” । तिमीले यो नारा कसरी लगाउन सक्छौ, यो जनताकोे नारा हो । तिमी जनताका नेता होइनौ दलालको कठपुतली हौ । तिमी किन आउँछौ, उसको विरताको कदर उचो पार्न ?”

सुकुम्वासी वस्तीमा वस्ने गोविन्द श्रमीक हो । तिम्रो क्षेत्रीय उत्पीडनले पछि पारेको होनाहार योद्धा हो । रोजीरोटीको लागी अरब धाउँछ,सीमा रक्षागर्न नेपाल आउँछ । जङ्गे पीलर झै ठिङ्ग उभिन्छ । जनताको सिपाही हो र त चोक चोकमा श्रमजिवी जनता फुलमाला लिएर मलामी भए । धित मरुन्जेल नारा लगाए, “भारतिय विस्तारवाद मुर्दावाद” । “महान सहिद गोविन्द अमर रहुन ” । तिमीले यो नारा कसरी लगाउन सक्छौ, यो जनताकोे नारा हो । तिमी जनताका नेता होइनौ दलालको कठपुतली हौ । तिमी किन आउँछौ, उसको विरताको कदर उचो पार्न ? तिम्रा मालीकहरुको कासनले तिमीलाई त अन्तै कतै पठाइदिदो रहेछ ।

तस्बिरः गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिदै

तिमीहरु धेरै पटक किनियौ र बेचियौं पनि । मुल्य पैसामा लिन्छौ र दिन्छौ पनि । महान सहिद गोविन्दलाई अहिले कसैले पाँच लाख त कसैले ६ लाख दिएर संचारमाध्यममा छाइरहेका छन । सहिदलाई राष्ट्रिय झण्डा ओडाउन खुट्टा कमाउनेहरु नै अहिले धेरै उफ्रिरहेका छन । तिमीहरुले सहिद परिवारलाई यति दियौ,उति दियौं भनेर हल्ला धेरै गर्यौ,जति उसको विरतामा गौरव गर्न सकेनौ । तिम्रा सहिदको सूचीमा हाम्रो गोविन्द गौतमको नाम पनि थप्यौं । नाम मात्रको राष्ट्रिय सम्मान पनि दियौ । तिम्रो षड्यन्त्रको सुलीमा हाम्रो मातृरक्षक चड्दा दिल दुखेको छ । सहिद सूचिका लागी मात्र होईन,सहिद शिक्षाका लागी हो । नविन चेतनाका लागी हो । सहिद बदला अनि साहाशका लागि पनि हो ।

“सहिद गोविन्दको सपना अतिक्रमीत भूभाग फिर्ता गराई स्वाभिमानपूर्ण नेपाल बनाउनु हो । सहिद गोविन्द गौतमको सपना पुरा गर्न सीमारेखामा काँडेतारबार लगाउने र सीमा व्यवस्थापन गरी सीमा अतिक्रमण रोक्न ७ नंम्बर प्रदेशका जनता सरकारसँग माग गर्दछौं । यो नै गोविन्द गौतम प्रतिको उच्च सम्मान हुनेछ ।”

त्यसैले, गोविन्द राष्ट्रप्रेम जगाउने नैतिक शिक्षा हो । गोविन्दको साहदत सीमारक्षा गर्न प्रेरित गर्ने आन्दोलन हो । तिम्रो नजरमा पर्न नसकेको सुदुरपश्चिममा जन्मीयो । तिम्ले जसलाई ढोग्छौ,उसैसँग मुकाबिला गर्यो । सहिद गोविन्दको सपना अतिक्रमीत भूभाग फिर्ता गराई स्वाभिमानपूर्ण नेपाल बनाउनु हो । सहिद गोविन्द गौतमको सपना पुरा गर्न सीमारेखामा काँडेतारबार लगाउने र सीमा व्यवस्थापन पद्धती मध्येको नियमन सीमा प्रणाली लागु गरी सीमा अतिक्रमण रोक्न ७ नंम्बर प्रदेशका जनता सरकारसँग माग गर्दछौं । यो नै गोविन्द गौतम प्रतिको उच्च सम्मान हुनेछ ।

(लेखक जोशी कैलालीका स्थानीयवासी हुन । उनले ‘भुमीगत अदृस्य योद्धा’ नामक आफ्नो फेसबुक म्यासेज मार्फत हामीलाई यो सामाग्री पठाएका छन ।)