स्थानीय तहमा महिलाको प्रतिनिधित्वप्रति चिन्ता

काठमाडौँँ । स्थानीय तह (गाउँपालिका र नगरपालिका) को निर्वाचनमा कानुनले प्रमुख वा उप्रमुखमध्ये एकजना महिला उम्मेदवार बनाउनैपर्ने व्यवस्था गरे पनि महिला उम्मेदवारले निर्वाचन जित्ने सुनिश्चितताप्रति महिला अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।

राजनीतिक दललाई प्रमुख वा उप्रमुखमध्ये एक जना महिला उमेदवार बनाउनुपर्ने बाध्यात्मक व्यवस्था भए पनि महिला उमेदवारले जित्ने सुनिश्चितता नभएको भन्दै महिला अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

स्थानीय तहमा निर्वाचन जित्ने प्रमुख राजनीतिक दलहरूले फरक फरक पदमा फरक फरक लिङ्गका उमेदवार बनाएमा महिला उमेदवारले निर्वाचन जित्ने सम्भावना कम भएको उनीहरू बताउँ छन ।

‘राज्य पुनःसंरचना र स्थानीय निर्वाचनमा महिला सहभागिता’ विषयक जागरण नेपालले बिहीबार गरेको साक्षात्कार कार्यक्रममा सहभागी महिला अधिकारकर्मीहरूले प्रमुख वा उप्रमुखमध्ये एक जना महिला जित्ने सुनिश्चितता गर्न आआफ्नो पार्टीमा महिलाहरूले लबिङ गर्नुपर्नेमा जोड दिए ।

जागरण नेपालका संस्थापक अध्यक्ष शर्मिला कार्कीले स्थानीय तहको निर्वाचनमा दुई पार्टी मिलेर प्रमुख र उप्रमुखमा पुरुष उमेदवार बनाउन सक्नेप्रति सचेत रहन महिला अधिकारकर्मीलाई आग्रह गरिन ।

दुई पार्टी मिलेर प्रमुख र उप्रमुख उम्मेदवार बनाउँदा दुई पदमध्ये एकमा महिला अनिवार्य गरेको छैन तर एउटै पार्टीले उमेदवार बनाउँदा प्रमुख वा उपप्रमुख मध्ये एकजना अनिवार्य महिला उमेदवार बनाउनुपर्ने व्यवस्था छ ।

निर्वाचन जित्ने सुनिश्चित गरिसकेको छ । पाँच जना रहने वडा समितिमा एक जना वडाध्यक्ष, दुई जना महिला र अन्य दुई जना संविधानले ७४४ स्थानीय तहमा रहेको छ हजार ६८० वडामध्ये १३ हजार ३६० जना वटा सदस्यले भने निर्वाचित हुने व्यवस्था संविधानले गरेको छ ।

अधिवक्ता एवं महिला अधिकारकर्मी इन्दु तुलाधरले स्थानीय तहको प्रमुख र उपप्रमुखको उमेदवारी सुनिश्चित हुनु आफैंमा सकारात्मक भएको भन्दै अब जित्ने सुनिश्चितता पनि गर्नुपर्ने बताइन ।

उनले उमेदवारी बन्न आवश्यक पर्ने धरौटी रकममा महिलाका लागि ५० प्रतिशत छुट हुनु सकारात्मक रहेको बताइन । सबै पार्टीका महिला भगिनी सङ्गठनहरूले आआफ्नो पार्टीमा प्रमुख वा उप्रमुखमध्ये एक जना दाबी नगरी दुवै पदमा महिलाले नै दाबी गर्नुपर्ने अनि मात्र एक पद सुनिश्चित हुने तुलाधरको कार्यपत्रमा उल्लेख छ ।

जिल्ला विकास समिति महासङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाले दलीय व्यवस्थामा कुनै न कुनै पार्टीमा आबद्ध भएर महिलाले उम्मेदवार लड्नु उपयुक्त हुने भन्दै आजैदेखि स्थानीय तहमा महिला उम्मेदवार जित्ने सुनिश्चितताका लागि आआफ्नो पार्टीमा लबिङ गर्नुपर्ने बताए ।

व्यवस्थापिका संसदका सदस्य रामहरि खतिवडा, रामेश्वर फुयाँल, थममाया थापा लगायतले आजैदेखि महिलाहरूले स्थानीय तहको निर्वाचन महिला जिताऊ अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा शान्ति मालिका सुरक्षा दबाब समूह, महिलाको राजनीतिक सशक्तीकरणका लागि क्रियाशील समूह, नीति वकालतका लागि महिला सञ्जाल, सञ्चारिका समूहका पदाधिकारीहरूले स्थानीय तहको निर्वाचनमा उलेख्य सङ्ख्यामा महिला निर्वाचित हुनुपर्नेमा जोड दिए ।