कोरियन भाषा परीक्षा दिने विद्यार्थीहरु सास्तीमाः बैंकमा पैसा बुझाउन दिनभरी लाईन (भिडियो सहित)

विद्यार्थीहरुको गुनासो–‘फारम भर्दाको समस्या उस्तै छ’

काठमाडौं । सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि आवेदन फारम बुधबारदेखि खुला गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि कोरिया जान चाहनेहरुले यस पटक अनलाईनबाट भाषा परीक्षाको फारम त भरिरहेका छन, तर पनि उनीहरुको समस्या भने पुरानै देखिन्छ । घण्टौसम्म लाइन बस्दा पनि बैंक भुक्तानीका पालो पाउन गाह्रो भएको उनीहरुको गुनासो रहेको छ ।

ईपिएसले अनलाईन मार्फत परिक्षाको फारम भर्ने व्यवस्था गरेको भएपनि त्यसका लागि पहिले तोकिएको बैंकमा रकम भुक्तानी गर्नुपर्ने र बैंकमा थोरै मात्र कर्मचारी हुने भएकाले उक्त समस्या देखिएको विद्यार्थहरु बताउँछन ।

विगतका बर्षहरुमा ईपिएसले तोकेका निश्चित स्थानहरु मार्फत मात्र फारम भर्ने व्यवस्था गरिएको कारण विद्यार्थीहरु चाडै फारम भर्नका लागि रातभरी लाइनमा बस्ने गर्दथ्य,त्यसबेला विभिन्न खालका घटनाहरु समेत भएका थिए । ईपिएस कार्यालयले त्यो समस्यालाई मध्यनजर गर्दै यसपटकबाट अनलाईन फारम भर्ने व्यवस्था गरेको बताए पनि विद्यार्थीहरुले लाइन बस्नुपर्ने समस्या भने उस्तै देखिन्छ ।

कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले हरपल नेपालसँग अनलाईन फारम भर्ने म्याद १८ चैत्र सम्म रहेको बताउँदै विद्यार्थीहरुलाई नआत्तीएर फारम भर्न आग्रह गरे । उनले विद्यार्थीहरुले पहिलो दिननै फारम भर्नुपर्छ भन्ने भ्रामक सोच राखेका कारण भिड हुन पुगेको भन्दै १८ गतेसम्म जहिले फारम भरेपनि हुने जनाएका छन ।

तर विद्यार्थीहरु भने पहिलो दिन फारम भरेमा पहिलो दिननै परीक्षा दिन पाइने र पहिलो दिन सजिलो प्रश्नपत्र आउने दाबी गर्दछन । आज वानेश्वर स्थित ग्लोबल आईएमई बैंकमा फारम भर्नका लागि रकम भुक्तानी गर्न विद्यार्थीहरु दिउँसो तीन बजेसम्म लाइनमा बसेका छन ।

हरपल नेपालका लागि भानुभक्त ढकालले विद्यार्थीहरुले बैंक भुक्तानीको क्रममा भोगेको सास्तीलाई भिडियोमा समेट्ने प्रयाश गरेका छन । उनले त्यहाँ भेटिएका केही विद्यार्थीहरुसँग कुराकानी समेत गरेका छन ।

विद्यार्थीहरुले फारम भर्नका लागि बैंकमा थोरै कर्मचारी भएकाले भिड भएको र आफुहरुले अनावश्यक दुख पाएको बताएका छन । भोजपुरका विपिन राईले भने–‘गत बर्ष लेखेर परिक्षा फारम भरियो, त्यतिबेला पनि रातभरी लाईन कुरेर बसेको हो । अहिले पनि पैसा बुझाउनका लागि बिहानै देखि लाईमा बसेका छौ, अझै पाले आएको छैन ।’

भिडियो सामाग्रीमा समेत तपाईहरु विद्यार्थीले लाइन बस्दा भोगेको सास्ती देख्न सक्नुहुन्छ । विद्यार्थीहरुले उभिएर थाकिएपछि बसेको भन्दै बैंकले कर्मचारी थपेर काममा सहज नबनाएको आरोप लगाएका छन ।

तर ईपिएसले विद्यार्थिलाई बैंकमा रकम भुक्तानी गर्न कुनै समस्या नभएको भन्दै यही चैत १८ गते राति १२ बजेसम्म फारम भर्न पाइने बताएको छ । ईपिएसले शाखाले अनलाइन फारम भर्दा कुनै समस्या नहोस भनी आठ जना भन्दा बढी इन्जिनियर २४ सै घण्टा सम्पर्कमा राखेको जनाएको छ ।

LOADING...