प्रचण्डकी बुहारी बिनाले दिइनः भारतीय प्रहरीद्धारा मारिएका गौतम परिवारलाई ६ लाख

पिडित परिवारसँग भलाकुसारी

काठमाडौं । भारतीय सुरक्षाबल एसएसबीको गोली लागेर मृत्यु भएका कञ्चनपुरको पुनर्वासका गोबिन्द गौतमको परिवारलाई आज माओवादी केन्द्रकी नेतृ तथा प्रधानमन्त्री प्रचण्डकी बुहारी बिना मगरले ६ लाख आर्थीक सहायता गरेकी छन ।

भारतीय सुरक्षाबल एसएसबीको गोली लागेर मृत्यु भएका गोबिन्द गौतमको परिवारलाई बिना मगरले ६ लाख आर्थीक सहायता गर्दै

माओवादी केन्द्र पार्टीको योजना अनुसार कञ्चनपुरमा भारतीय पक्षको गाली लागेर मारिएका गौतमको परिवारलाई उक्त सहायता गरिएको उनले बताएकी छन । आज पिडित गौतम परिवारको घरमै पुगेर विनाले उक्त आर्थीक सहायता गरेकी हुन ।

उनले पिडित गौतम परिवारसँग बसेर घटनाको विषयमा जानकारी लिइन । उनले उक्त परिवारसँग विविध विषयमा भलाकुसारी गरेको बताइएको छ ।

पुर्नवासको आनन्द बजारस्थित सीमाबर्ति नेपाली भूमिमा कल्भर्ट राख्ने क्रममा भारतीय पक्षबाट विवाद भएपछि त्यसले आन्दोलनको रुप लिएको थियो । नेपालीहरुले त्यहाँ भारतीय पक्षको ज्याजती विरुद्ध संर्घष गर्ने क्रममा भारतीय एसएसबीको गोली लागेर उनको मृत्यु भएको थियो ।