१९ सदस्यीय टोली सहित चिनियाँ रक्षामन्त्री चाङ भर्खरै नेपाल आइपुगे

रक्षामन्त्रीद्धारा एरपोर्टमा स्वागत

काठमाडौं। चीनका रक्षामन्त्री जनरल चाङ वानक्न भर्खरै नेपाल आइपुगेका छन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री खाँड र रक्षा सचिव श्रीधर सापकोटाले स्वागत गरेका छन ।

चीनीया रक्षामन्त्री जनरल चाङनेपालको तीजक दिने औपचारीक भ्रमणका लागि आज आफ्नो टोली सहित नेपाल आएका हुन । उनको नेतृत्वमा १९ सदस्यीय टोली नेपाल आएको रक्षा मन्त्रालय सचिवालयले हरपल नेपालसँग बताएको छ ।

रक्षा मन्त्रालयका अनुसार रक्षामन्त्री बालकृष्ण खाँडले नेपाल भ्रमणको लागि चीनीया रक्षामन्त्रालयलाई केही समेय अघि विशेष आमन्त्रण गरेको थियो । नेपाल पुगेको चीनीया टोलीले आजै प्रधानमन्त्री लगाएत नेपालका अन्य विशिष्ट मानिसहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

चीनीया भ्रमण टोलीले केहीबेरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुबाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी रक्षामन्त्री बालकृष्ण खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आजै भेटवार्ता हुनेछ रक्षा सचिवालयले जनाएको छ ।

त्यसैगरी उक्त चीनीया टोलीको स्वागतमा भोली दिउँसो राष्ट्रपति कार्यालयले भेटघाट कार्यक्रम समेत राखेको छ । भोली विद्यादेवी भण्डारीसँग उनीहरुले राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नेछन् ।

रक्षामन्त्री चाङले भोली उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि लगाएत अन्य विशिष्ट मानिसहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीले भोली नै वसन्तपुर क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

चीनीया टोली नेपलाका विभिन्न स्थानको भ्रमण र विशिष्ट मानिसहरुसँगको भेटवार्ता गर्दै तीन दिन पछि स्वदेश फर्किने जनाइएको छ ।