थापाथली क्याम्पसमा स्ववियु विजेतालाई क्रान्तिकारीको सम्मान कार्यक्रम

स्थानीय निर्वाचनमा जुट्न कार्यकर्तालाई आग्रह

काठमाडौं । माओवादी केन्द्र निकटको आखिल क्रान्तिकारीले आज थापाथली इनजीनियरिङ क्याम्पसमा स्वावियु निर्वाचन विजेता नेताहरुलाई सम्मान कार्यक्रम गरेको छ ।

देशभरका क्याम्पसको हकमा केही स्थान पछाडि परेपनि उपत्यकका ठूला क्याम्पसहरुमा अध्यक्ष जितेको क्रान्तिकारीले आज विजेताहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ ।

क्रान्तिकारीको प्रदेश नम्बर तीनले आयोजना गरेको उक्त सम्मान कार्यक्रममा अखिल क्रान्तिकारीका नेता,कार्यकर्ताहरु उपस्थित रहेका छन । कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्रका नेता तथा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकर रहेका छन ।

उक्त सम्मान कार्यक्रममा बोल्ने अधिकाशं विद्यार्थी नेताहरुले सिंगो संगठनलाई स्थानीय निकायको निर्वाचनमा केन्द्रीत हुनका लागि निर्देशन समेत दिएका छन ।