‘मानिस के के गर्छन?’–सुदुर अछामका बिपी अंकितको भनाई यस्तो छ…
भन्छन–‘सम्बन्धमा कर गर्नेहरु नै गडबड गर्छन’
प्रकासित मिति : २०७३ चैत्र १०, बिहीबार
प्रकासित समय : १०:१८

बि पी अंकित अधिकारी
पहिला सार्है कर गर्छन सम्बन्ध गर्छन।
केहि समय बितेपछि गडबड गर्छन।।
सार्है मिलनसार यी आंखाहरू पनि,
तिमीलाई हेर्नका लागि आन्दोलन गर्छन ।
पछि बच्चा भुलाउने डरले गायब हुन्छन श्रीमान,
पहिला पहिला त जन्माउन सार्है रहर गर्छन।
मलाई त्यस्तो मुलुकमा लिएर छोडिदेउ,
जहाँ मान्छेले मान्छेलाई परिवर्तन गर्छन।
यो मस्तिष्क पिडादायिक शहरको चोक रहेछ,
दिनहूं तिम्रा यादहरू आवत जावत गर्छन।।
( सुदुरपश्चिमको दुर्गम जिल्ला अछामका बि पी अंकित साहित्यको गजल विद्यामा कलम चलाउने गर्दछन । उनी बाँकेको नेपालगंज स्थित होलील्याण्ड कलेजका विद्यार्थी हुन । हाल उनी कक्षा १२ मा विज्ञान विषय पढ्छन ।