अनुमान लगाउनुस्,दिनमा कती चिता जल्छन होला,पशुपति आर्यघाटमा ? (भिडियो सहित)

अध्यात्मवाद भन्छ–‘असल कर्मले मृत्युपछि पनि अमर बनाउँछ’

काठमाडौं । दैनिक मानिसहरु जन्मने र मर्ने क्रम निरन्तर चलिरहेको छ, तर पनि मानिसलाई जन्म भन्दा मृत्युको कुराले बढि प्रभाव पारेको देखिन्छ ।

पवित्र तिर्थस्थलका रुपमा रहेको पशुपतिनाथ मन्दिर र त्यसकै सिरानमा बग्ने बाग्मती नदिको तटमा रहेको आर्यघाटमा दैनिक कति चिताहरु जल्छन होला,यो धेरैको लागि चासो र जिज्ञासाको विषय हुन सक्छ ।

हरपल नेपाल डटकमले बुधबार साझँ पशुपति आर्यघाटमा पुगेर भिडियो सहितको विशेष सामाग्री तयार गरेको छ । पशुपति विकास कोष अन्तर्गत आर्यघाट सेवा केन्द्रले हरपल नेपाललाई यहाँ सयौंको सख्यामा लाशहरु जल्ने गरेको बताएको छ ।

सेवा केन्द्रका अनुसार हिजो दिउँसो पाँच बजे सम्म आर्यघाटमा ३३ वटा लाश जलिसकेका छन । त्यसैगरी इलेक्ट्रीक चितामा पनि त्यहि परिणाममा लाशहरु लजेको बताइएको छ ।

आर्यघाट सेवा केन्द्रले औषतमा ५०/६० वटा लाशहरु प्रतिदिन जल्ने गरेको बताएको छ । सेवा केन्द्रका कर्मचारी विष्णु प्रसाद नेपालीले हरपल नेपालसँग भने–‘यहाँ सधैभरी बराबर संख्यामा लाशहरु आउँदैनन । कहिले कम, कहिले बढि संख्यामा आउँछन,हामीले तोकिएको सेवा शुल्क सहित काम गरिरहेका छौ ।’

पशुपति आर्यघाट धार्मिक हिसाबले बढि महत्वको स्थल भएकाले पनि यहाँ अन्य ठाउँको तुलनामा बढि लाशहरु जलाउन ल्याउने गरिएको आर्यघाट सेवा केन्द्रले जनाएको छ ।

‘आर्थीक र सामाजिक जीवन अनि अध्यात्मवाद’–समिक्षा

हुन त जन्मदा नाङ्गो शरीरमा आएको मानिस चितामा जल्दा पनि त्यसरी नै बिदाई गर्ने परम्परा हिन्दु नेपाली संस्कारमा प्राचिनकालदेखि चल्दै आएको हो । तर पनि मानिसले धन थपार्ने नाममा कुकर्म र भष्टाचार गर्न छाडेको छैन ।

यहाँ बाचुन्जेल कमाएको भौतिक सम्पति मृत्युपछि पनि सँगै लैजाने खालको होडबाजी चलेको देखिन्छ, जस्ले मानिसलाई कुकर्मको बाटोमा डोर्याउदै चितासम्म पुर्याएको छ र चितामा जलिरहेका लाशहरु पनि नाङ्गै जलिरहेका देखिन्छन । त्यसो त यहाँ असल कर्म गर्ने मानिसहरु नभएका भन्ने होइन,समाज र राष्ट्रको लागि जीवन सुम्पीनेहरुको पनि हाम्रो समाजमा कमि छैन ।

आजीवन समाज सुधारको लागि संघर्षमय जीवन व्यातित गर्नेहरु पनि यही समाजको अगाडि जन्मीए,हुर्किए अनि यसरी नै चितामा जलेर खरानी भैरहेका छन । तर उनीहरुको मृत्यु अलि फरक भएको देखिन्छ, मृत्युपछि पनि उनीहरुको चर्चा र सम्मान भैरहेको हुन्छ ।

तसर्थ जीवनमा भौतिक धन,सम्पतीको आवश्यकता भएपनि सामाजिक र राष्ट्रियताको लागि जीवनमा केही लगानी गर्नेहरु नै जीवन प्रयत्न पनि अमर बनेको हामी देख्न सक्छौ ।

सायद त्यसैले होला,धार्मिक ग्रन्थहरुमा पनि सेवालाई पूजाको रुपमा व्याख्या गरिएको । हीन्दुको गिताले सेवा नै धर्म भनेको छ, इसाईको बाईबलले पनि सेवा र प्रेमलाई धर्मको मुल मन्त्र नै मानेको छ । अनि मुस्लिमको कुरानले समाजका गरीब,असहायहरुलाई सहायत पुर्याउनु धार्मिक कार्य भएको बताएको छ ।

आध्यात्मवादले असल कर्मले मृत्युपछि पनि मानिसलाई अमर बनाउने बताएको छ । तसर्थ हामीहरुले सुख,सन्तुष्टि अनि अमर जीवनको लागि सेवा र त्यागको बाटोमा हिड्नु पर्ने देखिन्छ ।

मानिसले जन्मपछि कस्तो कर्म गर्छ त्यसको लेखाजोखाको आधारमा मृत्यु प्रयन्त पनि उसको कर्मको समाजले मूल्याङकन गर्ने भएको भन्दै समाजिक जीवनको बारेमा अध्यात्मवादले व्याख्या गरेको पाइन्छ ।

LOADING...