माओवादी केन्द्रको निर्णय सीमांकन थाती राखेर संशोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रस्ताव सीमांकन थाती राखेर संविधान संशोधनअघि बढाउने निर्णय गरेको छ ।

केन्द्रिय कार्यालयको बुधबारको बैठकले सीमांकनलाई थाती राखेर अन्य बुँदा पास गराउने निर्णय गरेको नेता टोपबहादुर रायमाझीले बताए ।

उनले भने–‘भाषा, नागरिकता र राष्ट्रिय सभाको संरचनामा आवश्यक पर्यो भने लचिलो भएर परिमार्जनसहित पारित गराउँनेछौं ।’

‘मधेसी मोर्चा पनि सीमांकन थाती राखेर जान लचिलो भएको तर सहमति जनाइसकेका छैनन् । सहमतिको नजिक नजिक पुग्दैछ ।’ –पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भने । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।