विप्लव माओवादीको नाममा चन्दा उठाउने एमाले कार्यकर्ता पक्राउ

पक्राउ परेकाहरु अखिल नेता भएको खुलासा

काठमाडौं । केही समय अघि काठमार्डौको कलंकीबाट विप्लव माअ‍ेवादी निकटको अखिल क्रान्तिकारीले आफ्नो संगठन र पार्टीको नाम बेच्दै चन्दा उठाउने काममा सक्रिय एमाले कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको छ ।

यी नै हुन, माअोवादीको नाम बेच्दै चन्दा उठाउने एमाले कार्यकर्ता

आफुहरु विप्लव माओवादी निकटको अखिल क्रान्तिकारीको नेता भन्दै कलंकी स्थित मालपोत कार्यालयबाट चन्दा लिन आएको क्रममा उनीहरुलाई विप्लव माओवादी निककटको अखिल क्रान्तिकारीले नियन्त्रणमा लिएको हो ।

मालपोत कार्यलयका कर्मचारीहरुलाई विप्लवमको कार्यकर्ता भन्दै धम्क्याए। चन्दा मागिरहेको अवस्थाम विशेष सूचना पाएपछि त्यहाँ अखिल क्रान्तिकारीको नेतृत्वमा एक समूह पुगेको क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले हरपल नेपालसँग बताए ।

महासचिव चलाउनेका अनुसार क्रान्तिकारीका नेताहरुले माओवादीको नाममा ठगि गर्ने दुईजना एमाले कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर कार्वाहीको लागि प्रहरीको जिम्मा लगाएकाु छन ।

अखिल क्रान्तिकारीले बताए अनुसार आफुलाई अखिलको केन्द्रीय सदस्य बताउने सन्तोष तिमिल्सेना र उनले परिचालन गरेका तिलक खडकालाई नियन्त्रणमा लिइएको हो । उनीहरु कैलालीको धनगढीका स्थानीयवासी भएको र काठमार्डौमा अध्ययन गर्दै गरेको कुरा प्रहरीसँगको सोधपुछका क्रममा खुल्न आएको छ ।

माओवादीको नाममा ठगि गर्ने दुईजना एमाले कार्यकर्ता प्रहरीको नियन्त्रणमा

अहिले पक्राउ पक्राउ परेका एमाले कार्यकर्ता भनिएकाहरु प्रहरीको नियन्त्रणमा रहेका छन । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरीरहेको बताएको छ ।

उक्त विषयमा एमाले निकटको अखिलले पक्राउ परेका तिलक खड्का आफ्नो संगठनको विभागिय सचिव रहेको तर सन्तोष तिमिल्सेना अहिले संगठनमा नरहेको बताएको छ ।

हरपल नेपालसँग कुरागर्दै अखिलको उपाध्यक्ष सुनिता वरालले संन्तोष तिमिल्लेना पहिले आफ्नो संगठनको नेता भएपनि हाल संगठनको कुनैपनि जिम्मेवारीमा नभएको बताइन ।

उनले पक्राउ परेका तिमिल्सेना पहिले पनि विभिन्न केसमा प्रहरीले पक्राउ गरेकको मानिस भएको र संगठनबाट बाहिएपछि माओवादीमा समेत संलग्न भएको बताइन ।