कोहलपुरमा माओवादी केन्द्रको चुनाव प्रचार सुरुः आज घरदैलो कार्यक्रम सम्पन्न

बाँकेमा माओवादी केन्द्र पहिलो नम्बरमा रहेको दाबी

बाँके । नेकपा माओवादी केन्द्रे बाँकेले कोहलपुर नगरसमिति अन्तर्गतका विभिन्न वाडाहरुमा स्थानीय निकायको निर्वाचनको लागि घरदैलो अभियान संचालन गरेको छ ।

हिजो मात्र नगर समितिको बैठक आयोजना गरेर निर्वाचनको तयारी गर्ने निर्णय गरेको उक्त नगरसमितिले आजबाट कोहलपुर नगरपालीकाका वाडा नम्बर १ र २ मा पर्ने विभिन्न गाउँहरुमा चुनावको प्रचार प्रसार व्यापक पारेको हो ।

माओवादी केन्द्र,कोहलपुर नगरसमितिले संचालन गरेको घरदैलो अभियान

माओवादी केन्द्रका युवा नेता तथा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले हरपल नेपालसँग बाँकेमा माओवादी केन्द्रको राम्रो प्रभाव रहेको बताए । उनले बाँकेमा माओवादी केन्द्र पहिलो नम्बरमा आउने दाबी गरेका छन ।

अध्यक्ष न्यौपानेले भने–‘आज कोहलपुर नगरसमितिको आयोजनामा सम्पन्न भएको घरदैलो अभियान तथा चुनावी प्रशिक्षण कार्यक्रम भव्यरुपमा सफल भयो । जनताहरुको सक्रिय सहभातामा बाँकेको कौशिलानगरमा सम्पन्न भएकोे कार्यक्रममा स्थानीयहरुले माओवादी केन्द्रलाई विजयी गराए मात्र समाजिक रुपान्तरण सम्भव हुने धारणा प्रस्तुत गरे । बाँकेमा माओवादीले स्थानीय निकायको प्रचार प्रसारको कामलाई व्यापक रुपमा संचालन गर्दै छ ।’

कौशिलानगरमा सम्पन्न कार्यक्रममा कोहोलपुर नगरपालीका वाड नम्बर–२, का लोकेन्द्र खत्रीको अध्यक्षता र नरेन्द्र न्यौपाने,अमर परियार,बद्री जैसी,तेज प्रसाद चापागाईं,अर्जुन पौडेल, कृष्ण थारु लगाएतका नेताहरुको विशेष उपस्थिती रहेको थियो । कार्यक्रम अमर रानाले संचालन गरेका थिए ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले माओवादी केन्द्र लाई भोट किन? भन्ने विषयमा तर्कहरु प्रस्तुत गर्दै भने–‘संविधान कार्यान्वयन गर्न,देशको उन्नति र बिकासको योजना बनाउन, उज्यालो नेपाल बनाउन, रोजगारी सिर्जना गर्न, शिक्षा स्वास्थ्य रोजगारी लगायत अधिकारको ग्यारेन्टी गर्नका लागि माओवादी केन्द्रलाई मतदान गरेर विजयी गराउनु पर्छ । माओवादीले मात्र यो देशको समग्र परिवर्तन गर्न सक्छ ।’