राष्ट्रिय दल हुन प्रत्यक्षमा एक सिट जित्नै पर्ने

काठमाडौं । आज बसेको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले निर्वाचन समानुपातिक प्रतिनिधित्वका लागि कूल खसेको मतको तीन प्रतिशत ल्याउनुपर्ने र एक जना प्रत्यक्ष निर्वाचित हुनु पर्ने सिफारिस गरेको छ।

कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा रहेको उपसमितिको २७ औं बैठकले गरेको यो निर्णयमा उपसमितिका दुई सदस्यले असहमति जनाएका छन् । थ्रेसहोल्डको निर्णयमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले असहमति जनाएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने–‘साना दलहरुले आज भएको व्यवस्थाविरुद्ध सदनमा कुरा उठाउने जनाएका छन् । उक्त निर्णविरुद्ध साना दलहरु आक्रोसित भएका छन ।

सांसाद तथा समितिका सदस्य रामकृष्ण यादवले भने–‘आज ११ बजेको राज्य व्यवस्था समितिको बैठकले यसलाई पारित गरेर संसदमा पठाउने छ।’