फरक किसिकको क्षमता भएका  पौडेललाई सरकारको सहयोग

६३ बर्षका पौडेलको १२ किलो तौल

काठमाडौं ।आज बिहान बालुवाटारमा प्रधानमन्त्रीले फरक किसिकको क्षमता भएका कृष्णप्रसाद पौडेलसँग भेट गरेका छन । संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा ‘गिनिज बुक’मा नाम लेखाउन पहल थालेका अर्घाखाचीका कृष्णप्रसाद पौडेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सरकारको तर्फवाट सहयोग रहने वताएका छन ।

पौडेलको विशेष क्षमता भएको र उनको योगदानको सरकारका तर्फवाट उचित सम्मान हुने प्रधानमन्त्रीले वताए ।साथै प्रधानमन्त्रीले पौडेलको जिविकोपार्जनका लागिसमेत सरकारले आवश्यक सहयोग गर्ने बताए ।

अर्घाखाची जिल्लाको ठूलापोखरा २ रोहोटेपानी निवासी पौडेलले भगवती नि.मा.वि ठुलापोखरा २, रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गरिसक्नुभएको छ ।

शारिरिकरुपमा अशक्त भए पनि फरक क्षमता भएका पौडेल हाल भोजन नली र अन्य शारिरिक समस्याले काठमाडौंमा उपचाररत हुनुहुन्छ । १२ किलो तौल भएका पौडेल ६३ बर्ष पुग्नुभएको छ ।