रौतहटमा गोली चल्योः बिदामा बसेका शिक्षक घाइते

प्रहरी अनुसन्धान जारी

रौतहट । रौतहटमा अज्ञात समूहले चलाएको गोली लागेर घर बिदामा बसेका शिक्षक गम्भिर घाइते भएका छन । अज्ञात समूहले घरमै आएर राती १ बजे शिक्षक राम अयोध्या राय यादवलाई गोली हानेको हो ।

रौतहटको विश्रामपुर गाविस वार्ड नम्बर ८ घर भई मकवानपुरको स्याङलुङस्थित निम्न माध्यमिक विद्यालयका शिक्षक यादवको टाउकोमा गोली लागेको छ । हेटौँडाको चुरे हिल अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाउँमा जमिन नापीको काम गर्ने र लेखापढी व्यावसायसमेत गर्ने शिक्षक यादव विदामा घर आएको मौकामा राती उनी सुतेको घरको झ्यालबाट अज्ञात समूहले गोली हत्याको प्रयास गरेको देखिएको छ। घरको अवस्था सामान्य रहेका शिक्षक यादवलाई जग्जा–जमिनको विवादले कसैले गोली हानेको अनुमान प्रहरीको छ।

रौतहट प्रहरी कार्यालय प्रमुख एसपी यज्ञविनोद पोखरेल घटनास्थल पुगी गोली हानेको विषयमा गहन अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।