कोरियन भाषा परीक्षा फारम आजदेखि खुला (फारमभर्न तलको भिडियो हेर्नुस)
प्रकासित मिति : २०७३ चैत्र ९, बुधबार
प्रकासित समय : ०९:२५
काठमाडौं । सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुला गर्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ ।
कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बुधबार बिहान ९ बजेदेखि अनलाईन आवेदन फारम खुला हुनेछ ।
यसरी खुला भएको अनलाइन आवेदन फारम यही चैत १८ गते राति १२ बजेसम्म भर्न पाइनेछ । शाखाले अनलाइन फारम भर्दा कुनै समस्या नहोस भनी आठ जना भन्दा बढी इन्जिनियर २४ सै घण्टा सम्पर्कमा राख्ने भएको छ ।
कोरिया ईपीएस शाखाका अनुसार बुधबार विहान ९ बजेदेखि अनलाइन आवेदन फारम भर्न सकिनेछ । आवेदन फारम भर्न
तलको लिंक प्रयोग गर्नुस….
LOADING...