नवलपरासीमा बाघँको आक्रमणबाट ६५ बर्षिया बृद्धाको मृत्यु

स्थानीयवासीहरु आक्रोसित

नवलपरासी । नवलपरासीको गैडाकोट–११ मा आज एकको ६५ बर्षे बृद्धाको बाघँको आक्रमणबाट मृत्यु भएको छ । गैडाकोटको भेडावारी सामुदायिक बनमा स्याँउला काट्न गएको बेला स्थानीय पुर्णकला अधिकारीलाई बाघँले आक्रमण गरेको हो ।

नवलपरासीमा बाघँको आक्रमणबाट मृत्यु भएकि ६५ बर्षिया बृद्धाको शब

अधिकारीलाई स्याँउला काट्न गएकाबेला एक्कासी बाघले आक्रमण गरेपछि उनीसँगै जंगल गएकाहरुले होहल्ला गरेपछि बाघले उनलाई छाडेर भागेको स्थानीयवासीले हरपल नेपालसँग बताए ।

बिहान करिब ७ः३० बजेतिर जंगल गएकोबेला ती बृद्धाको घाँटीमा बाधँले आक्रमण गरेपछि उनको मृत्यु भएको स्थानीयहरुले बताएका छन ।

स्थानीय युवा अर्जुन सुवेदीले हरपल नेपालसँग घटनाको विषयमा जानकारी गराउदै भने–‘स्याउला काट्न गएकी बृद्धाको बाघको आक्रमणबाट मृत्यु भएपछि पुरा गाउँनै सोकमा डुबेको छ । जंगली जनावरहरुका कारण यस क्षेत्रका वासीनदाहरु समस्यामा परीरहेका छन । तर निकुञ्ज र सरकारका निकायहरुले जंगली जनावरबाट हुने आक्रमण रोक्नतिर ध्यान दिएको छैन । जंगलि जनावरका कारण यो क्षेत्रका स्थानीयवासीहरु त्राशको जीवन बिताउदै आएका छन।’

केही स्थानीय युवाहरु राज्यले नागरिकलाई जगंलि जनावरको त्राशबाट म%E