कोहलपुरमा माओवादी केन्द्रको स्थानीय निर्वाचन तयारी बैठक सम्पन्न

घरदैलो अभियान संचालन गर्ने निर्णय

बाँके । नेकपा माओवादी केन्द्रले बाँकेको कोहलपुरमा स्थानीय निकायको निर्वाचनका लागि नगरपालिका स्तरिय समितिको बैठक सम्पन्न गरेको छ ।

कोहलपुर नगर समितिका अध्यक्ष तेज प्रसाद चापागाईंको प्रमुख उपस्थितीमा आज सम्पन्न बैठकले सरकारले वैशाख ३१ गतेको लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनको व्यापक तयारी गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको कोहलपुर नगर समितिका नेता बल बहादुर खड्काले संञ्चालन गरेको उक्त बैठकमा अथक, चन्द्रकान्त, ओम प्रकाश के.सी, नरेन्द्र पाण्डे, अकल बहादुर बम, नरेन्द्र न्यौपाने लगाएतका नेताहरुले आफ्नो मन्तव्य राखेका थिए ।

नेताहरुले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिदै माओवादी केन्द्रलाई जनताको घरघरमा पुगाउनु पर्ने धारणा राखेका छन ।

अखिल क्रान्तिकारीका अध्यक्ष एवं माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले माआमेवादीलाई जनताको पार्टी बनायने अभियान संचालन गनर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनको प्रचारलाई जन सम्बन्धको विस्तार र सुढृणीकरणरुपमा लिएर घर दैलो अभियान चलाउनुपर्ने धारणा राखेका छन ।

उक्त बैठकले कोहोलपुर नगरपालिकामा माओवादी केन्द्र पहिलो स्थानमा रहेको निष्कर्ष निकाल्दै स्थानीय तहको चुनावको तयारीका लागि छिट्टै घरदैलो अभियान संचालन गर्ने निर्णय गरेको बताइएको छ ।