निर्वाचन आयोगले जारी गर्यो प्रेस संहिता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रेस संहिता लागु गरेको छ । आगामी स्थानीय निर्वाचनलाई लक्षित गरेर आयोगले सरकार, राजनीतिक दल, संघसंस्था, कर्मचारी, सुरक्षाकर्मी, गैरसरकारी संस्था र पत्रकारहरुलाई मात्रै होइन, फेसबुक र ट्विटर अनि भाइबर चलाउनेहरु व्यक्तिहरुलाई पनि लाग्ने छ । मोबाइलबाट एससमएस पठाउँदा समेत सो आचार संहिता लाग्न सक्छ ।

निर्वाचन आयोग ऐन ०७३ को दफा २३ अनुसार आयोगले आचार संहिता उल्लंघन गर्नेलाई त्यस्तो कार्य रोक्ने आदेश दिने छ । तर, आदेश दिँदा पनि त्यस्तो कार्य रोकिएन भने त्यस्तो राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई निर्वाचन आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ प्रावधान ऐनको दफा २३ को उपदफा ३ मा उल्लेख छ ।

निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा कुनै पनि व्यक्तिले कुनै उम्मेद्वार वा राजनीतिक दलको विपक्षमा आधारहीन कुराहरु फेसबुकमा पोष्ट गर्न पाइने छैन । साथै त्यस्ता कुराहरु ट्विटर, भाइबर वा एसएमएसमार्फत पनि प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने निर्वाचन आचार संहिताको दफा १४ को ९ञ० मा उल्लेख छ ।

विद्युतीय माध्यमहरुबाट यस्ता कुराहरु प्रचार प्रसार गर्नेलाई निर्वाचन आयोग ऐन अनुसार कारबाही हुने आचार संहितामा उल्लेख गरिएको छ ।

संचार संहितमा निम्न कुरा उल्लेख छ

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कुनै पनी पार्टीको निकटमा रहेर कार्य गरिरहेका सञ्चारमाध्यमलाई पनि यसले असर पार्ने भएको छ । आचार संहिता लागू भइसकेपछि कुनै पनि सञ्चारमाध्यमले कुनै एउटा दलको मात्रै प्रचार गर्ने र अन्य दलहरुका सामाग्रीलाई स्थान नदिने कार्य गर्न नपाउने व्यवस्था गरेको छ ।

निर्वाचन आचार संहिताको दफा १४ मा आमसञ्चारका माध्यमले पालना गर्नुपर्ने आचरणबारे १० वटा बुँदाको व्यवस्था गरेको छ ।

१, सूचना वा समाचार तथ्यमा आधारित भई निष्पक्षरुपमा सम्प्रेषण गर्ने,

२,पेशागत आचरण एवं मान्यता विपरीत हुने काम कारबाही गर्न नहुने,

३, विभिन्न जातजाति सम्प्रदाय, लिङ्ग, धर्म, भाषा९भाषी र क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल नपर्ने गरी सूचना वा समाचार प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्ने,

४,राजनीतिक दल तथा उम्मेदवारलाई समान अवसर दिनु पर्ने,

५,उम्मेदवार वा राजनीतिक दलको निर्वाचन प्रचार प्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्न वा