सिंहदरबारको अधिकार जनताका आँगनमा पुर्‍याउने अभियान हो संघीयताः महासचिव बस्नेत

संघीयता कार्यान्वयन गर्न माओवादी आवश्यक

भक्तपुर । संघीयता देश टुक्राउने नभएर सिंहदरवारमा भएको अधिकार जनताका घरआँगनमा पुर्याउने अभियान भएको अखिल क्रान्तिकारीका महासचिव वीरेन्द्र बस्नेतले बताएका छन् ।

क्रान्तिकारीका महासचिव वीरेन्द्र बस्नेत

हिजो एमाले र काङ्ग्रेसका साथीहरू माओवादीले संघीयताको मुद्दा उठाउंदा देश टुक्रयाउन खोजेको आरोप लगाउने गर्दथे। भन्दै बस्नेतले थपे आखिर संघीयताको भ्रष्टिकरण गर्ने उनीहरुको अभियान बिफल भएको छ।

आज अखिल क्रान्तिकारी सानोठिमी क्याम्पस समितिको १४ औं सम्मेलनमा वोल्दै महासचिव बस्नेतले भने–‘आज गणतन्त्रको उज्यालो स्थानीय सरकार वनेर जनताका घरआंगनमा पुगेको छ।’ संघीयता माओवादी नीति भएकाले यसलाई कार्यान्वयन गर्न माओवादीकै नेतृत्व आवश्यक पर्ने बस्नेतले जिकिर गरे।

सम्मेलनमा माओवादी केन्द्रका भक्तपुर इन्चार्ज देवेन्द्र श्रेष्ठ,अखिल क्रान्तिकारीका सचिव विजय गौतम ,क्याम्पस प्रमुख रामचन्द्र घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए।सम्मेलनले प्रकाश केसिको नेतृत्वमा ६४ सदस्यीय क्याम्पस समिति निर्वाचित गरेको छ।